राष्ट्रपतिलाई तेस्रो पटक कोरोना संक्रमण
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ ।
बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ ।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा पुगेका थिए ।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ।
राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।
कोरोना संक्रमण भएपछि उनी अब केहीदिन डेलावेरमा रहेको आफ्नो घरमा आइसोलेसनमा बस्नेछन्।