बलात्कार मुद्दामा रविलाई सफाइ
काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् ।
आइतबार जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाउँदै पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई सफाइ दिएको हो ।
ओडविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै आइतबार जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले निर्दाेष रहेको ठहर गरेको छ ।
गायक ओड विदेशमा भएकाबेला उनका पत्नीले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैतमा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका थिए ।
विदेशबाट फर्किएर गायक ओडले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।