नेपाल एयरलाइन्सद्वारा जहाजको ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण भुक्तानी
काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरेको थियो ।
जसअनुसार ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले...