यी ८ जिल्लामा आज बाढी आउने, सतर्क उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशका विभिन्न ८ जिल्लामा आज बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूमा वहाब बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएकाे हाे।
त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
त्यसैगरी दूधकोशी रूवाबजारमा, तामोशी बस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा,...