खड्गप्रसाद नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने समाजवादी मोर्चाको निष्कर्ष
काठमाडौं । समाजवादी मोर्चाले कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेत गरेको हाे ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए ।
संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओली नेतृत्वको...