साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
महोत्तरी । साउन लागेपछि महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ ।
साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।
यसअघिका वर्षमा पनि साउनमा मात्रै ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उनले बताए ।
सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा...