विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना कर्याप्यै..!
काठमाडौं। प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ गरेको छ ।
जसमा बर्दियाको गुलरिया नगरपालिका-११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका(८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका(५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका(१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ...