झ्याउरेवासी भन्दछन् : अब पानी लिन खोला झर्नु पर्दैन
बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ । आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उहाँ औधि रमाउनुभएको हो । बर्दिबास–१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर्खामा खोलाको धमिलो पानी खाँदै आएका यहाँका आधा दर्जनभन्दा बढी बस्तीमा अहिले खुसी छाएको छ ।
रोटरी क्लब बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्तरुपमा सो आयोजना सुरु भएको हो । उहाँ भन्नुहुन्छ, “पानी लिन अब खोला झर्नु पर्दैन होला ।” ती दुई निकायले ७१ लाखको लागतमा आयोजनाका काम थालेपछि चुरे...