काठमाडौं । नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका हुन् ।
उनी पनि घुमुवा नै हुन् । बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको काठमाडौं परिसरले कान्तिपथसंग कुरा गर्दै उक्त घटनाबारे पुष्टि गरेको हाे ।
बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।
बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका...
काठमाडौं । नेपाल प्रहरीकाे एक जना युवती खेलाडीले पत्रकारलाई धम्की दिएको छ।
खप्तडटिभीका पत्रकार गणेश विकलाई नेपाल प्रहरीकी राजपुरा पछाईंले धम्की दिएकी हुन् ।
पत्रकार विकको आधिकारिक फेसबुकमा एकाउन्टमा आएर धम्की दिएकी हुन्।
प्राप्त प्रमाणका अनुसार, सामाजिक सञ्जालमा सामान्य टिप्पणी स्वरूप गरिएको एक स्टाट्सकै कारण नेपाल प्रहरीकी खेलाडी राजपुरा पछाईंले पत्रकार गणेश विकलाई बर्दीको आडमा खुलेआम धम्की दिएको गम्भीर आरोप लागेको छ।
घटनाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रहरी संगठनको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ।
पत्रकार विककाे स्टाटस् जस्ताको त्यस्तै :-
“एक क्याम्पसका...
काठमाडौं । अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् ।
चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘SMC’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए ।
यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पूर्व) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वार टुंग्याउन नसकेपछि अन्तिम निर्णयको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयलाई सुम्पिने निर्णय गरेको छ।
जिल्लामा प्रत्यक्षतर्फ गणेशमान पुन, तेजबहादुर ओली, जितमान पुन र दलजित सेर्पालीले आ–आफ्नो उम्मेद्वारी दाबी गरेपछि सहमति कायम हुन नसकेको हो। लामो समयसम्म चलेको आन्तरिक छलफलका बाबजुद साझा निष्कर्षमा पुग्न नसकेपछि जिल्ला कमिटीले विषय केन्द्रीय तहमा पठाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।
यसबीच पार्टीको आन्तरिक सर्कुलरअनुसार जेन–जी (नयाँ पुस्ता) को प्रतिनिधित्व गर्दै सर्जना कार्कीको...
काठमाडौं । नेपाल प्रहरीभित्र काज तथा सरुवा मिलाइदिने भन्दै ठगी गर्ने गतिविधि फेरि सार्वजनिक भएको छ।
बद्री यादव नामक व्यक्तिले काज सरुवा गराइदिने आश्वासन दिँदै एक जना प्रहरी हबल्दारबाट रकम असुलेको तथ्य खुलेको हो।
समाचार स्रोतका अनुसार यादवले ती प्रहरी हबल्दारसँग काज सरुवा गराइदिने बहानामा रु ५० हजार लिएका छन्। तर रकम लिएपछि न त सरुवा भयो, न त यादवले पैसा फिर्ता गरे।
ठगीमा परेका प्रहरी हबल्दारको नाम गोप्य राखिएको छ।
पीडित प्रहरीका अनुसार यादवले टेलिफोनमार्फत सम्पर्क गर्दै आफू उच्च पहुँच भएको व्यक्ति भएको दाबी गरेका थिए र सोही आधारमा विश्वास दिलाएर रकम लिएको बताएका छन्।
यस घटनाले...
मोरङको लेटाङ-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण दुई महिनापछि प्रहरी निष्कर्षमा पुग्दै अभियुक्तलाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भेटिएको शव र ठोस प्रमाणको कमीले अनुसन्धान निकै जटिल बने पनि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) तथा मोरङ प्रहरीले संयुक्त रूपमा अनुसन्धानलाई अघि बढाउँदै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गर्न सफल भयो।
२१ असोजको दिउँसो अंशु र उनकी साथी युरिका विद्यालय नजिकै खेलिरहेका थिए। त्यही बेला पुगेका पदमबहादुरले युरिकालाई ५ रुपैयाँ दिएर घर पठाए र अंशुलाई घाँस काट्न सघाइदिन भन्दै जंगलतर्फ लगे। जंगलभित्र उनले जबरजस्ती करणीको प्रयास गरे तर प्रतिकार भएपछि उनले...
काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० वर्षीया छोरी आयुसा बिष्ट नेपाली सेनाको इतिहासमा पहिलोपटक बुबाछोरी दुवै एकै समयमा, एकै दर्जामा तालिमरत भएको दुर्लभ उदाहरण बनेका छन्।
२४ वर्षे सेवा अवधि पूरा गर्दै सहायक सेनानीको पदमा पुगेका नरेन्द्र र पहिलो प्रयासमै सेकेन्ड लेफ्टिनेन्टमा चयन भएकी आयुसा दुवै हाल तालिममा व्यस्त छन्।
नरेन्द्र हाल सबुज गण बारामा कार्यरत छन भने,आयुसा सि.नं. ६५ खरिपाटी तालिममै व्यस्त छिन् ।
बुबाछोरी दुवैको एकै स्थानमा, एउटै चरणको तालिममा सहभागिता स्वयं नेपाली सेनाको इतिहासमै अनौठो र प्रेरणादायी देखिएको छ।
आयुसा सेनामा...
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनामा सेनाको भूमिकाबारे छानबिन गर्न गठित आयोगले मागेका अभिलेख अपूरो आएपछि आयोग र जंगीअड्डाबीचको सम्बन्ध झन् तनाबपूर्ण बन्दै गएको देखिएको छ।
नेपाल प्रहरीका प्रमुखमाथि अवहेलनाका आधारमा जरिवानाको प्रस्ताव अघि सारेपछि नेपाली सेनाका प्रधान सेनापतिसँग कस्तो व्यवहार गर्ने भन्ने विषय अहिले सुरक्षा–राजनीतिक वृत्तमा मुख्य बहस बनेको छ।
आयोगका विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलेप्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने प्रधान सेनापतिलाई के गर्छन् ? वा प्रहरी मनोवल गिराउन प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधान सेनापतिलाई के गर्छ? भन्ने प्रश्न...
काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ।
गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एक कार्यालय सहयोगी रहेका छन्।
दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नाम, ठेगाना र गैरहाजिर भएको मितिसहित सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन आग्रह गरेको छ।
अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
काठमाडौं । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट छुटाएको छ।
गृह मन्त्रालयले सिफारिस गरेको नामसूचीमा १ नम्बरमा रहँदै आएका अधिकारीलाई अन्तिम घडीमा निकालिएको भन्दै प्रहरी संगठनभित्र असन्तोष देखिएको छ।
अधिकारी संगठनभित्र अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधारदेखि आपराधिक नियन्त्रणमा उल्लेखनीय काम गरेका उनीमाथि जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको बताइन्छ।
तर, सो घटनासम्बन्धी छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी देखाएको...
काठमाडौं । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (SVPNPA) मा सञ्चालित भारतीय पुलिस सेवा (IPS) 77 RR समूह अन्तर्गत ५ जना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन्।
उक्त प्रशिक्षणमा सहभागी नेपाली अधिकृतहरूले उच्च अनुशासन, दक्षता र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।
दिक्षितमध्ये प्रहरी निरीक्षक सगुन खड्काले “Best Foreign Officer Trainee in Phase-I” उपाधि प्राप्त गरी नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएका छन्।
उक्त उपलब्धिले नेपाल प्रहरीको प्रशिक्षण प्रणाली, पेशागत दक्षता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धतालाई अझ बलियो...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझीकन नबोल्न सुझाव दिएका छन्।
बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्।
भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू...
ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।
नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ । उक्त घटनापछि देउवा पहिलो पटक सार्वजनिक हुँदैछन् ।
मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो लाग्न नसकेको हो । केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
नेपाल प्रहरीलेका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) ले साइबर अपराधको उजुरी दिएको छ । माओवादी केन्द्रले सुवेदीले दिएको “झुठा अभिव्यक्ति” लाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको हो।
पूर्व एआईजी सुवेदीले एक युट्युब अन्तर्वार्तामा “जेन–जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको” दाबी गरेका थिए। उक्त अभिव्यक्तिलाई खण्डन गर्दै माओवादी केन्द्रले त्यसलाई “पूर्णरूपमा मनगढन्ते र चरित्रहत्या गर्ने” अभिव्यक्ति ठहर गरेको छ।
माओवादी अध्यक्ष प्रचण्डका स्वकीय...
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ ।
कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२–०८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२–०८३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो ।
नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित...
भोजपुर– भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पुर्ख्यौली सीप हराउने अवस्थामा पुगेको हो ।
विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताए । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो’ उनले भने, ‘तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।’
गाउँघरमा पाइने गोगुन,...
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ।
सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।
सुपर...
विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ। यसअघि माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा यसै प्रकरणमा पक्राउ परिसकेका छन्।
पुनका जेठा छोरा जितेन्द्र पुन ले दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चीनको ताक्लाकोट पुगेर चार किलो सुन लिएको आरोप लागेको छ। भुक्तानी नदिँदा त्यो प्रकरण सार्वजनिक भएको थियो। हाल उनी अमेरिकामा रहेको बताइएको छ।
कान्छा छोरा दीपेश पुन पनि ९ किलो र ६१ किलो सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा...
झापाको कमलमा एसएलआरको ५५ राउन्ड गोली फेला परेको छ । शुक्रवार साँझ ७ बजे कमल गाउँपालिका वडा नं.–७ रङ्गपुर बस्ने ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पार्नुभएको हो । उहाँले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि शनिवार बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउन्ड बुझेको जिल्लाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले जनाउँनुभयो । जेन–जी आन्दोलनका क्रममा...
तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ।
यस पटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन्।
राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ।
उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका...
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुुरथिमिस्थित राष्ट्रिय विभूूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरेर सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताएकी हुन् ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा...
नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने छ ।
शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने भनिएकोमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित गरी आजको लागि सारिएको हो ।
शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समीक्षा, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल भएको थियो ।
बैठकमा सचिवालय सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।