श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भन्नुभयो, “हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ”, मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका...
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् ।
हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।
यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि अर्को आपत्तिजनक टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला...
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणका शिलशिलामा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएका थिए।
त्यसपश्चात बीजेपीको सूचना तथा प्रविधि विभागका प्रमुख अमित मालवीयले ट्वीटरमा गान्धीलाई नाइटक्लबमा देखाइएको भिडियो सार्वजनिक गरेका छन् । त्यस ट्वीट पश्चात भारतमा गान्धीको विपक्षमा भारतीय जनता आक्रोशित हुन पुगेका छन् ।
“मुम्बई कब्जामा हुँदा राहुल गान्धी नाइट क्लबमा थिए। उनी एक नाइट क्लबमा हुनुहुन्छ जब उनको पार्टी विस्फोट भइरहेको छ। चाखलाग्दो कुरा के छ भने, कांग्रेसले...
न्यूयोर्कमा अवस्थित ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न वर्सेनिआयोजना हुँदै आएको मेट गाला २०२२ सोमबार सम्पन्न भएको छ ।
हरेक वर्ष झैँ यस वर्ष पनि कार्यक्रमको छुट्टै थिम राखिएको थियो । यसपटकको मेट गालाको थिम ‘गिल्डेड ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।
संसारकै ठूलो फेसन कार्यक्रमको रुपमा रहेको मेट गालाको यसपटकको आयोजनामा पनि सेलिब्रिटीहरुले नयाँ र अनौठो कस्ट्युम लगाएका छन् ।
यसपटकको रेड कार्पेट लुकमा धेरैजसो ए–लिस्ट स्टारले आफ्नो जादु बिछ्याउन नसकेको धेरैले आरोपसमेत लगाएका छन् । एमिली राताजकोस्की, कारा डेलेभिग्ने, क्यामिला काबेलो, सारा...
‘ड्राइभर दाइलाई मन पर्ने टायर,गोरखकाली रबर उद्योग भएर’
कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो ।
अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ । फलस्वरूप मुलुकमा टायर र रबरजन्य...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
उहाँले आज एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने उल्लेख गर्नुभएको हो ।
मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा...
जेविन सर्वहारा: प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन्।
दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए। गत फागुन १२ मा सरकारले एआइजिपीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो।
आईजीपी क्षेत्रीले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह र उत्तम...
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।
कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।
संसदबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा संलग्न भएपछि पार्टीभित्र तीव्र मतभेद भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) सुरु हुँदे छ।
एमसीसी अनुमोदन गर्नै नहुने अडान लिइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुँदै पार्टी नै छाड्न लागेको भन्ने चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय बैठक सुरु हुन लागेको हो।
सुरुमा एमसीसी अनुमोदनको विपक्षमा उभिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा ब्यख्यात्मक घोषणा ल्याएर एमसीसीको पक्षमा निर्णय गरेपछि नेता श्रेष्ठसहितको ठूलो पंक्ति असन्तुष्ट...