सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ।
पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...
काठमाडौं । ६९औँ प्रहरी दिवस अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग गर्नेहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेका हुन् ।
६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ ।
अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील अवकाश प्राप्त प्रहरी उपरीक्षक...
वीरगञ्ज । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।
सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताए ।
“वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा सहभागी हुने विषयले नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ ।
साे कन्सर्टमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुने विषयमा प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले मिडियामा गलत सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले रुष्ट हुँदै थर्काएका छन् ।
यस विषयले प्रहरी प्रमुख आईजीपी कुँवर बढी तनावमा परे । उनी कन्सर्टको सुरक्षाले भन्दा प्रवक्ता कार्कीका कारण बिहीबार बढी तनावमा परेका छन् ।
प्रधानमन्त्री ओली दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा सहभागी हुने कुरा बिहिबारकाे हाे ।
प्रधानमन्त्री...
काठमाडौं । प्रहरीमा उच्च तहका पदहरु खाली रहेकाे छ । ३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा गएपछि धेरै संख्यामा पदहरु रिक्त रहेका हुन्।
उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त छन् ।
एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।
डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला,...
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ ।
निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ ।
सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन,...
काठमाडौं। मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।
३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन्।
खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी...
काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो ।
महाधिवेसन सकिएको लामो समयपछि नेकपा एकीकृत समाजवादीले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस अनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।
जम्बो केन्द्रिय समितिको बैठक आइतबार राजधानीमा शुरु हुँदा...
काठमाडौं। वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन्।
लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन्।
नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई...
गणेश विक, काठमाडौं । कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र ।
केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।
आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।
पार्टी कै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् ।
शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय...
काठमाडौँ । प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले सूचना जारी गरेको छ ।
पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको जनाइएको छ ।
तर, उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै मन्त्रालयले हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरेको हो ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको...
कोशी प्रदेशसभामा नेपाली काँग्रेसबाट समानुपातिक सांसद रहेकी सुनिताकुमारी गुरुङको पद खारेज गर्न नेपाल दलित संघले माग गरेको छ ।
दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेको आधारमा दलित कोटाबाट प्रदेश सांसद भएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ, कोशी प्रदेश समितिले गुरुङको प्रदेश सभा सदस्यको पद खारेजी गर्न माग गरेको हो ।
रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङ नै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ ।
दलित संघले आइतबार काँग्रेस कोशी प्रदेश समितिमार्फत् गुरुङको पद खारेजीको माग गरेको हो ।
सुनसरीको बर्जु गाउँपालिकाकी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व हुनेगरी तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । यो राज्यमन्त्रीसहित मन्त्रिपरिष २५ सदस्यीय भएको छ ।
उनीहरुमध्ये २ जना नेपाली कांग्रेसका र १ जना नागरिक उन्मुक्ति पार्टीका हुन् ।
कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ रहेका छन् भने नाउपाका अरुण चौधरी रहेका छन् । विक वन तथा वातावरण राज्यमन्त्री, तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शुक्रबार राष्ट्रपतिको कार्यालयले राज्यमन्त्री...
काठमाडौं । एक तह बढुवा हुँदा पनि खाइपाई आएभन्दा तलब घटेका प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलब वृद्धि गर्न सर्वाेच्च अदालतले परमादेश दिएको छ ।
सइबाट वरिष्ठ सइमा बढुवा भएका प्रहरी कर्मचारीले पहिलेभन्दा कम तलब पाउने गरेका छन् ।
तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो ।
प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो ।
०७८ को चैतमा १...
नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो।
चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...
रूपन्देहीको तिलोत्तमा नगरपालिका- ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई बर्दीधारी डीएसपी ठगबहादुर केसीले पौडीपोखरीमा धकेलेको घटनामा प्रहरीका आईजीपी धिरजप्रताप सिंह र हेडक्वार्टरले विशेष चासो लिएको छ ।
आईजीपीको निर्देशनपछि रुपन्देहीका एसपी रविन्द्र रेग्मीसँग घटनाको यथार्थ विवरण तत्काल जानकारी गराउन भनिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले कान्तिपथलाई बताए । ‘हामीले घटनाको यथार्थ विवरण पठाउन जिल्लालाई भनेका छौं । त्यसपछि के गर्ने हो थप प्रक्रिया अघि बढ्छ’, राईले भने ।
आइतबार इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई लतारेर पौडीपोखरीमा फ्याँकेका...
दोलखाको शैलुङ्ग गाउँपालिकाका एक वडा अध्यक्षको जनतालाई थर्काएर अपशब्द बोलेको अडियो सार्वजनिक भएको छ । पहरीखर्कका स्थानीय सुरज भण्डारीले आफ्नो ठाउँका लागि बजेट माग्दा भण्डारीका आमालाई समेत जोडेर गाली गर्दै अपशब्द बोलेका छन् ।
https://www.youtube.com/watch?v=b6s0ScfNg4k
वडाअध्यक्ष भण्डारीले बढी नबोल बंगारा खुस्काउने धम्की दिएका छन् । वडाअध्यक्षले उल्टै बजेट हालिन के गर्न सक्छस भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
तामाङ्गले कांग्रेसका उम्मेदवार भन्दा ३ भोट बढी ल्याएर चुनाव जितेका थिए । बजेट नहालेको भन्दै भण्डारीले वडा कार्यालयमा ताला लाउने बताए पछि वडा अध्यक्ष रिसले चुर भएका थिए ।
#Shailung...
बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट नगर/गाउपालिकाका निर्वाचित प्रमुख उप-प्रमुखलाई बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको हलमा स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा अर्थ मन्त्री शालिकराम जमकट्टेल र वन तथा वातावरण मन्त्री विशाल खड्काको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीद्वयले शुभकामना मन्तब्य र संक्षिप्त प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा मन्त्रीहरु कुमारी मोक्तान, रत्न ढकाल र घनश्याम दाहाल तथा प्रदेश सभा सदस्य, पुर्वमन्त्री युवराज दुलालको पनि उपस्थिती रहेको थियो ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं २ मा आर्थीक प्रलोभन देखाई भोट खरिद गर्ने प्रयास गरिएको आरोप लागेको छ । स्वतन्त्रबाट वडा नं २ का वडा अध्यक्ष पदका उम्मेदवार प्रविन्द्र बहादुर मन्डेल र उनका कार्यकर्ता झलक एैडीले निर्वाचन अघि छबिसपाथिभेरा मन्डी गाउँको शिल्पी समुदाय (दमाई टोल)का परिवारहरुको २५ भोट ४० हजारमा किन्ने प्रयास गरेको नेपाली कांग्रेस जिल्ला सचिव झलक कठायतले बताए। आर्थिक प्रलोभनमा पारी गुलाब चिन्हमा मतदान गर्न अध्यक्ष पदका उम्मेदवार मन्डेलले दबाब दिएको सोही टोलका मतदाता दिलबहादुर दमाईले बताएका छन् ।
https://www.youtube.com/watch?v=fgblP0sPUZc
‘सरकारी तलब खाने कांग्रेसको...
वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।
व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर-१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।
आफ्ना...
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। प्रेमबहादुर देउवा विगत एक वर्षदेखि क्यान्सरबाट पिडित रहेका थिए ।
प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए ।
प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।
नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ ।
कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।
आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे थियो ।
घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।
परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ...
नेपाली कांग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाएका छन् ।
शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । जनकपुरको सभामा समेत उनको नाम समावेश गरिएको छैन ।
त्यस कारण आगामी शनिबार धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका छन् । ‘पर्सि धनुषामा चुनावी सभा छ। विमलेन्द्र दाइ आउनुहुन्न’ धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, ‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’
परिचालन...