नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेपछि सिग्देललाई उक्त स्थानमा बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।
सिग्देलविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सूचनामा भनिएको छ । यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापतिसमेत बन्न सक्नेछन्।
नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि...
नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए ।
नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट...
नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।
नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध...
काठमाडौँ।सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट...
काठमाडौँ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा प्रकाशन गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा...
हिन्दुवादी पार्टी राप्रपाले ‘क्रिश्चियन’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र विद्रोह हुन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।
विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फबाट विजयी भएका उम्मेदवारहरुको घोषणा आज गर्दैछ । आयोगले हिजै अन्तिम घोषणा गर्ने बताएको थियो तर केही प्राविधिक तयारी नपुगेका कारण घोषणा गर्ने कार्यक्रम एक दिन पछि सारिएको आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा पनि आजै सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने आयोगले जनाएको छ ।
निर्वाचनको अन्तिम नतिजा घोषणा भएको एक हप्ताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ...
सोलुखुम्बु । प्रत्यक्षमा कुनै सिट नजितेको नेपाली काङ्ग्रेस सोलुखुम्बुबाट डोल्मा तामाङ प्रदेशसभाको समानुपातिक सांसदमा चयन हुनुभएको छ ।
काङ्ग्रेस नेतृ तामाङलाई काङ्ग्रेसले प्रदेश १ को समानुपातिक सांसदका लागि सिफारिस गरेपछि सोलुखुम्बुले एक जना प्रदेश सांसद पाएको हो । उहाँ आदिवासी जनजातितर्फको महिला कोटाबाट सिफारिसमा पर्नुभएको काङ्ग्रेसले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा समेत शून्य रहेको नेपाली काङ्ग्रेस सोलुखुम्बुले यस पटक एक जना सांसद पाएको हो । नेतृ तामाङ नेपाल महिला सङ्घको केन्द्रीय सदस्य, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुनुहुन्छ ।...
महेन्द्रनगर । अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ ।
मुलुकभर मध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियौँदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन् ।
त्यसैगरी राजनीतिक दलले आफ्नो समानुपातिक कोटामा पनि प्रतिनिधि र प्रदेशसभामा राना थारु समुदायलाई नसमेटेपछि उनीहरूको उपस्थिति शून्य बनेको हो । विसं २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा...
काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आजबाट लागू नहुने भएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको र सोको आज मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय भएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम...
पोखरा I गण्डकी प्रदेश सभाका लागि राजनीतिक दलहरूले समानुपातिक सांसदको सूची छनोट गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले समानुपातिकतर्फका सांसद छनोट गरेर पठाएका छन् ।
गण्डकी प्रदेश सभामा समानुपातिकतर्फ एमालेले १०, काँग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको थियो ।
गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको काँग्रेसले दलित कोटा बाट दिलमाया पौवी र टीकाकुमारी बस्याललाई प्रदेश सभा सदस्य बनाएको छ भने जनजाति बाट विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ लाई प्रदेश सभा सदस्य बनाएको छ । खस आर्य बाट सरस्वती अर्याल...
काठमाडौँ । निर्वाचन आयोग प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा जुटेको छ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ।
आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो चार बजेसम्म तोकेको छ। दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको प्रवक्ता वाग्लेले...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ आफूले पाएको समानुपातिक कोटामा सांसद निर्वाचित गर्नका लागि नामावली पठाएको छ । पार्टी महासचिब देव गुरुङले शनिबार निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।
माओवादीले समानुपातिकमा प्रतिनिधिसभामा १४ सिट पाएको थियो । तीमध्ये १२ जना महिला र २ जना पुरुषको नाम पठाएको छ । आयोगले दलहरूलाई शनिबारसम्म नाम आयोगमा बुझाउन समय दिएको थियो । अब आयोगले सिफारिस नामहरूको अध्ययन गरी निर्वाचित घोषणा गर्नेछ ।
माओवादी केन्द्रबाट समानुपातिक सांसद हुनेमा दुर्गा राई (भोजपुर), मीना तामाङ (काभ्रेपलाञ्चोक), उर्मिला माझी पौडेल (लमजुङ), छिरिङ ल्हामु लामा तामाङ (जुम्ला),...
प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसले पाएको ३२ वटा सिट मध्ये बागमती प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर), आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौं), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति बिक (चितवन) र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको हो।
प्रतिनिधिसभामा समानुपातिक तर्फ ३४ वटा सिटमा नेकपा एमालेबाट बागमती प्रदेशबाट ७ जना सिफारिस गरेको छ । जसमा एमालेले आदिवासी–जनजाति कोटाबाट देवीप्रसाद...
काठमाडौँ I नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ ।
प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिला मात्र निर्वाचित हुनुभएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो ।
कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । काँग्रेसले प्रतिनिधिसभाको...
काठमाडौँ । राजनीतिक दलहरूले आज समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम निर्वाचन आयोग समक्ष सिफारिस गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ सर्वाधिक मत प्राप्त गरेको नेकपा एमालेले प्रतिनिधि सभामा पार्टीलाई ३४ जना उम्मेदवारको नाम सिफारिस गरेको एमालेका नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि आदिवासी जनजातिको पुरुष तर्फबाट देवीप्रसाद भट्ट चन्द, हेमराज राई र कालुराम राईको नाम सिफारिस गरेको छ ।
यस्तै महिला आदिवासीतर्फबाट नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी...
काठमाडौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।
निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गर्नुभएको हो । उहाँले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा...
नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ ।
यही मङ्सिर ४ गते भएको निर्वाचनमा उहाँकी धर्मपत्नी एवं पार्टी अध्यक्ष मञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ ।
प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए ।
मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार नौ सय ४०, सुनसरी–३...
गण्डकी प्रदेशमा प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ कांग्रेसले १८, एमालेले १२, माओवादीले ५ र एकजना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । ३६ प्रत्यक्ष र २४ समानुपातिक सहित ६० सदस्यीय प्रदेशसभामा समानुपातिक कोटाबाट को को छिर्छन् भन्ने चर्चा सुरु भएको छ ।
गण्डकी प्रदेशमा कम्तीमा २० जना महिला सांसद हुनुपर्छ । तर प्रत्यक्ष तर्फ २ जनाले मात्रै चुनाव जितेका छन् । यसको अर्थ अब १८ जना समानुपातिकबाट पूर्ति गर्नुपर्छ । नेकपा एमालेले समानुपातिकमा १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट जित्ने देखिन्छ ।
यसो हुँदा एमालेले समानुपातिकबाट कम्तीमा ५ जना महिलालाई सांसद बनाउनुपर्छ...
काठमाडौँ । नेकपा एमाले दोलखा जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । दोलखा प्रतिनिधिसभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिने घोषणा गरेका हुन् ।
मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरे त्यहाँ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गर्नुभएपछि एमालेलाई दोलखामा धक्का लागेको छ । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो ।
दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।
१६५ वटै क्षेत्रको नतिजा आउँदा सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको...
काठमाडौं।प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा नेकपा (एमाले) ले आफ्नो अग्रता कायमै राखेको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार २७ लाख ८६ हजार मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । नेपाली कांग्रेस २६ लाख ५९ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६२ हजार मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख २४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार , जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त...