ब्राउनसुगर किन्न भारत पसेका ४ जना झापामा समातिए
झापा । लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको हो।
झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोमबार बेलुका झापा गाउँपालिका-५ पन्थपाडाबाट अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय प्रवीण गिरी र कनकाई नगरपालिका-८ का २५ वर्षीय सुमन राजवंशी पक्राउ परेका हुन्।
भारतबाट नेपाल आउँदै गरेको प्र १-०१-०१६ प ९००९ नम्बरको बुलेट मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय कमरखोदको विशेष टोलीले पक्राउ गरेको थियो।
प्रहरी उपरीक्षक केसीका अनुसार उनीहरूको साथबाट १०...