नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेपछि सिग्देललाई उक्त स्थानमा बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।
सिग्देलविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सूचनामा भनिएको छ । यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापतिसमेत बन्न सक्नेछन्।
नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि...
केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन काण्डमा समात्नका लागि पक्राउ पुर्जी लिने तयारी गरेको छ । हिजो नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएपछि सिआईबीले यस्तो तयारी थालेको बताईन्छ । माओवादी कै बैठकमा यस्तो प्रस्ताव आएपछि सिआईबी महरा समात्न थप उत्साहित बनेको छ ।
प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार...
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतकै आदेश आए पनि विवादित फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पाेस्ट शेयर गर्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले कानुन र अदालतलाई नमान्ने बताएका हुन् । फिल्म लेखकले नै नेपाल, भारतकै अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुने बालेनकाे भनाइ छ ।
आफ्नाे अडानलाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेकाे तथा अदालत र सरकार भारतको गुलाम भएको बुझिने मेयर बालेनकाे तर्क छ । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने...
नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए ।
नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट...
नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । उनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत् छन् । उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो । कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए ।
ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना...
जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।
२०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा...
नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।
नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध...
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।
महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले...
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य तथा खप्तड टिभीका प्रधान सम्पादक गणेश विकमाथि निर्घात कुटपिट भएको छ । काठमाडौँको पशुपति क्षेत्रमा पत्रकार विकमाथि भएको हातपातको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघको काठमाडौँ शाखाका सचिव महेश्वर गौतमद्वारा प्रेसित विज्ञप्तिमा जनाईएको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईँले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक किशोरीलाई अश्लील शब्द प्रयोग गरेको भन्दै पार्टी कार्यालयमा उजुरी परेको छ ।
सार्वजानीक स्थानमा प्रयोग गर्नै नै नमिल्ने शव्दहरु बजगाईंले किशोरीलाई प्रयोग गरी फेसबुक म्यासेन्जरमा पठाएको उनले बताएकी छन् । छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाइँलाई ती किशोरीले फेसबुकबाट ब्लक गरेको जनाएकी छन् ।
उनले नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँ जिल्ला समन्वय समिति, अखिल क्रान्तिकारी केन्द्रीय समिति र काठमाडौँ समितिलाई समेत उजुरीको वोद्यार्थ दिइएको...
नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो।
चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...
हिन्दुवादी पार्टी राप्रपाले ‘क्रिश्चियन’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र विद्रोह हुन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।
विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ आफूले पाएको समानुपातिक कोटामा सांसद निर्वाचित गर्नका लागि नामावली पठाएको छ । पार्टी महासचिब देव गुरुङले शनिबार निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।
माओवादीले समानुपातिकमा प्रतिनिधिसभामा १४ सिट पाएको थियो । तीमध्ये १२ जना महिला र २ जना पुरुषको नाम पठाएको छ । आयोगले दलहरूलाई शनिबारसम्म नाम आयोगमा बुझाउन समय दिएको थियो । अब आयोगले सिफारिस नामहरूको अध्ययन गरी निर्वाचित घोषणा गर्नेछ ।
माओवादी केन्द्रबाट समानुपातिक सांसद हुनेमा दुर्गा राई (भोजपुर), मीना तामाङ (काभ्रेपलाञ्चोक), उर्मिला माझी पौडेल (लमजुङ), छिरिङ ल्हामु लामा तामाङ (जुम्ला),...
पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ । लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।
कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।
खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ। जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ ।
सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।
रुपन्देही । निर्वाचनको लागि मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ ।
राजनीतिक दलहरूले उम्मेदवारसहित मत माग्ने समयावधि सकिएको छ । प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा मङ्सिर ४ गते हुने निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख...
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले आफूलाई जुनसुकै हालतमा हराउन भन्दै केही व्यक्ति मोटो रकम खर्चेर लागिपरेको सूचना पाएको बताएका छन् ।
आज हेटौंडा उपमहानगरपालिका ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले एमालेसँग विद्रोह गरेर प्रतिगमनविरुद्धको लडाईंमा लागेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूलाई आगामी चुनावमा जसरी पनि हराउने भन्दै केही व्यक्ति हात धोएर लागिपरेको जानकारी मिलेको उल्लेख गरेका हुन् । ‘विरोध र माधवलाई जसरी पनि चुनावमा हराउनुपर्छ भनेर केही मान्छे लागेका छन्,’ खतिवडाले भने, ‘एमाले...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।
यस्तो छ कांग्रेसको संकल्पपत्र (घोषणापत्र) :
NC-ManifestoDownload
नेकपा माओवादी केन्द्रले यसपटक काठमाडौं उपत्यकामा ६ वटा निर्वाचन क्षेत्र (काठमाडौँ १० मा एकल प्रतिष्पर्धा) पाएको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादीले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती मगरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घर्ती दुई पटक समानुपातिक सांसद बनिसकेकी थिइन्। यसपटक उनले प्रत्यक्षमा चुनाव लड्न काठमाडौं २ पाएकी छन्।
एमालेबाट २०७८ साउन ९ गते विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल आफूले जित्दै आएको यो क्षेत्र छाडेर रौतहट १ गएपछि काठमाडौं २ माओवादीले पाएको हो।
काठमाडौँ क्षेत्र नं २ का मतदाताको टेष्ट हेवीवेट नेताहरुमा पर्ने गरेको छ ।...
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ।
रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।
कार्यालयले सोही क्षेत्रका हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज गरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवारी पनि कार्यालयले खारेज गरेको छ।
गठबन्धनका उम्मेदवार गुरुङ पौडेलका मुख्य प्रतिस्पर्धी हुन्। कार्यालयका अनुसार समाजवादीका गुरुङ र स्वतन्त्र...
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई तत्काल हटाउने बताएका छन्। मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा आएका चार मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको थियो।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि जसपाका मन्त्रीहरु हटाउनेबारे कुरा भएको थियो। जसपाले सत्ता गठबन्धन छाडेपछि अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले कांग्रेससँग तालमेल गरिसकेको छ।
यस्तोमा मंगलबार बालुवाटार पुगेका एकजना मन्त्रीका अनुसार देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका हुन्।
क्याबिनेटको...
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले)को समानुपातिक सूचीमा परेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उमेदवार सूचीमा ढकाल पनि अटाएका हुन् ।
एमाले स्रोतबाट प्राप्त सूचीमा ढकालको नाम रहेको भेटिएको हो । एमालेले आयोगमा बुझाएको बन्दसूचीको १९ नम्बरमा ढकालको नाम रहेको छ ।
एमाले र ढकाल नेतृत्वको परिवार दलले गत स्थानीय चुनावमा पनि तालमेल गरेका थिए । उनी युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख हुन् । युपीएफ नेताहरुलाई बोलाएर होली वाईन खुवाएर नेपालमा बद्नाम छ ।
युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनले २२ नोभेम्बर २००५ मा...
आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्।
सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो।
पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनिएको...