बुधबार, पुस २, २०८२

Tag: election

उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्दै आयोग

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै छ। निर्वाचन आयोगले शनिबार दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो। यसअघि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारहरुले चिह्न पाउने छन्। उम्मेदवारी दिएका मध्ये कतिपय उम्मेदवारले हिजो उम्मेदवारी फिर्ता लिएका थिए। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

Continue reading

लोसपाको घोषणा पत्र: बेरोजगार भत्ता र विवाह खर्चको व्यवस्था गर्ने (पूर्णपाठ)

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले घोषणा पत्र सार्वजनिक गरेको छ। आज लोसपाले स्थानीय चुनाव केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको हो। उक्त घोषणा पत्रमा राजनीतिक दलहरूलाई हेर्ने लोसपाको दृष्टिकोण र लोसपाका योजनाबारे उल्लेख गरिएका छन्। लोसपाले वृद्धभत्ता र महिला भत्ता वृद्धि गर्ने एजेन्डा पनि राखेको छ। साथै बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कार खर्च आदिको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ।लोसपाले स्वास्थ्य बिमा, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने पनि बताएको छ भने श्रमिकका लागि पेन्सनको सुनिश्चितता गर्ने उल्लेख गरेको...

Continue reading

एमाले चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार ठगी मुद्दामा सजाय तोकिसकेको फेला परेको छ

नविन कार्की : एमालेबाट ओखलढुंगा चिशंखुगढी गाउपालिका अध्यक्षको उम्मेदवार बनेका अशोककुमार थापा अदालतबाट ठगी प्रमाणित भइ सजाय तोकिसकेको फेला परेको छ । चिशंखुगढी गाउँपालिकाका एक स्थानीयले ठगीको आरोप प्रमाणित भएका थापा उम्मेदवार हुन अयोग्य भएको भन्दै निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा उजुरी गरेका छन्।

Continue reading

लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ। झाका अनुसार जनता समाजवादी पार्टी र लोसपाबीच दुई स्थानीय तहमा तालमेल भएको छ। जसमा कैलालीको...

Continue reading

विप्लवका उम्मेदवारलाई मनोनयन दर्ता फिर्ता लिन निर्देशन

आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा उम्मेदवारी दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दता गराएका हुन् । पार्टीका नेताहरुले निर्वाचन आयोगमा दर्ता नभएपनि रोल्पामा १० पालिकामध्ये ९ वटामा सबै पदाधिकारीका लागि र वडाध्यक्षमा पनि उम्मेदवारी दर्ता गराएका हुन् । चुनावको विपक्षमा रहेको पार्टीको एक पक्षले भने उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सचिवालय सदस्य कञ्चनले एक विज्ञप्ती जारी गर्दै एमसीसी विरोधीलाई समर्थन गर्ने र पार्टीका सदस्यहरु स्वतन्त्ररुपमा उठ्ने पार्टीको नीति भएको उल्लेख...

Continue reading

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो । टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नगर उपप्रमुखमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ । यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताउनुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय...

Continue reading

डोटीमा मोओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका गरी पाँच स्थानीय तह लिएको छ भने एकीकृत समाजवादीले शिखर नगरपालिका, जोरायल, बडिकेदार, पूर्वीचौकी गाउँपालिका गरी चार स्थानीय तह लिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको...

Continue reading

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले पाइन् टिकट

नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदको टिकट सिर्जना सिंहले पाएकी छन् । टिकटको टुंगो लागेसँगै उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउने तयारीमा छिन् । महानगरपालिकाको प्रमुखलगायत सम्पूर्ण वडाका प्रतिनिधिको मनोनयन दर्ताका लागि दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्‍यालीसहित जाने कार्यक्रम रहेको कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । कांग्रेसको महानगर कार्यसमितिले प्रमुखका लागि सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ,इन्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो ।

Continue reading

मन्थली नगरपालिकाको मेयरमा काँग्रेसका बिनोद कार्की सर्बसम्मत

रामेछाप – मन्थली नगरपालिकाको मेयरमा काँग्रेसका बिनोद कार्की सर्बसम्मत चएन भएका छन् । २०७४ को निर्बाचनमा काग्रेसबाट चुनाब लडेका कार्की एमालेका रमेश बसनेत संग पराजित भएको थिए । २०७९ को निर्बाचनमा मेयरमा जित हासिल गर्ने प्रतिबद्धका साथ मननोयन दर्ता गराएको बताउनु भएको छ ।

Continue reading

रेणु दाहालले दिईन भरतपुरको मेयरबाट राजिनामा

वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन्। वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो। उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन्। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन्। शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्। ५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार...

Continue reading

स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन । उमेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो । सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन् । जिल्लास्तरमा गठबन्धनका नेताबीचमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा केन्द्रलाई नै दिएको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “सहमतिका लागि पटक–पटक बैठक राखिए पनि सहमति जुट्न सकेन । हामीले सहमति गर्न नसक्दा केन्द्रलाई जिम्मा दिएका छौँ, केन्द्रबाट...

Continue reading

वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाको गठबन्धन

वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल हुने भएको छ। बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरि नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी सहमति गरेका हुन्। आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाले टुंगोलगाइसकेको छैन। सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए। एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।

Continue reading

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदात केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु्भयो । यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी क्रममा पोखरीयामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२...

Continue reading

बारामा एमालेका दुई पक्षबीच कुटाकुट, वडाध्यक्षसहित ६ जना घाइते

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । दुई पक्षबीच भएको झडपमा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । झडपमा परी वडाध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका हुन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन...

Continue reading

Sitaula stresses on election impartiality

Nepali Congress leader Krishna Prasad Sitaula has stressed the need of ensuring impartiality, fairness and transparency during the upcoming local-level elections. In his address to a programme today, the leader said, “The country has already entered to the election and it must be impartial and transparent with the full implementation of the code of conducts.” As he said, elections should be conducted as per its ethics and cordially no matter what the results would come. It may be noted that the local-level election has been announced for upcoming May 13.

Continue reading

Lama elected NC Sindhupalchowk President

Junga Bahadur Lama has become the district President of Nepali Congress, Sindhupalchowk. He received 912 votes to emerge victorious to the post. His close contender Bamshalal Tamang got 848 votes. According to the Election Committee, the second round election was conducted for the post on Sunday. A total of 1783 votes were cast in the second round election.

Continue reading

Yadav picked as NC Bara President

Rajesh Roy Yadav has been picked as a President of Nepali Congress, Bara. He got elected to the post with 1,206 votes. His close contender Shambu Bahadur Budhathoki received 1,155 votes. Chief Election Commissioner Gangeswor Prasad Adhikari informed that 29 votes went invalid in the election. Newly-elected President Yadav pledged to move ahead with unison in the party. “We have no option but to work together to make the NC victorious in local level election”.

Continue reading

Singh wins election to become NC Sarlahi President

Surendra Prasad Singh has emerged victorious to the post of President of Nepali Congress (NC), Sarlahi. He obtained 1,758 votes while his arch-rival Laxman Roy got 1,378 votes. District Election Officer Nageswor Prasad Singh had announced names of other elected office-bearers on the occasion. In the election held under the 14th district convention, the vice-presidents elect are Nabin Adhikari, Dr Saroj Kumar and Sheikh Sadullahal. Among other elected are Niraj Karki (secretary) and Indra Bahadur Yonjan and Sunil Kumar Kusawaha (joint-secretary).

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत