काठमाडौँ । फ्रान्समा नयाँ प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्। फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । यस निर्वाचनमा दक्षिणपन्थी दललाई पराजित गर्न वामपन्थी दलले गठबन्धन बनाएका थिए ।
चुनावमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो । राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोश छ । शनिबार, एक लाख भन्दा बढी मानिसहरूले मिशेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे ।
यो विरोध...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ ।
एकीकृत समाजवादीले बुधबार पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार मतदान भएको थियो ।
बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।
परिणाम सार्वजनिक हुँदा पदाधिकारीमा हारेका केही नेता पोलिटब्युरो सदस्यमा विजयी भएका छन् ।
महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, खुला उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा अत्याधिक मतसहित विजयी भएका हुन् ।
पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध...
काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।
यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ ।
नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए...
सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासमा विपक्षीहरुसँग लिखित जवाफ मात्र माग गर्ने आदेश दिएको छ । गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर न्यायाधीश सुवेदीको इजलासले कारण देखाउ आदेश दिएको हो ।
डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद,...
काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो ।
महाधिवेसन सकिएको लामो समयपछि नेकपा एकीकृत समाजवादीले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस अनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो ।
जम्बो केन्द्रिय समितिको बैठक आइतबार राजधानीमा शुरु हुँदा...
सुशील दर्नाल, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा पछिल्लो समयमा झन सक्रियता देखिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्धक बनाइएका नेपालीहरुको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई तिव्रता भएको हो । मन्त्रालयले खासगरी सडक निर्माणमा काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वसन सहित भारतको कस्मिरमा पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्धन्द्धग्रस्त क्षेत्रमा जवरजस्ती काममा लगाई बन्धक बनाईराखेका नेपालीहरुको उद्धारमा तिव्रता दिएको हो ।
पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका ७ जना र सिरहा जिल्लाका २१ जना गरी (२४ देखि ६० वर्ष सम्मका) जम्मा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालमाथि भ्रष्टाचारको आरोप लागेको छ।
सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा लेखनाथ थि आर्थिक हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेको हो ।
हालै बसेको जिल्ला समन्वय समिति सिन्धुलीको बैठकमा यसबारे जिल्ला नेताहरुले गम्भीर प्रश्नमात्रै उठाएका छैनन् यसबारे पार्टीको आन्तरिक सर्कुलरमा समेत उल्लेख भएको पाइएको छ ।
जिल्ला इन्चार्ज बुद्धिमान माझी(बसन्त)को हस्ताक्षरमा साउन २७ गते जारी आन्तरिक परिपत्रमा राजनलाई पटक पटक अनुरोध र ताकेता गर्दा पनि आयव्यय प्रस्तुत नगरेको उल्लेख छ ।
परिपत्रको २ नम्बर बुँदामा भनिएको छ, ‘जिल्ला पार्टी कार्यालय...
काठमाडौं । बहुप्रतिक्षित भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो । सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
टीआरसी विधेयक संसद्मा पेस, द्वन्द्वकालीन घटनाको सत्य तथ्य सार्वजनिक हुने
विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति...
काठमाडौँ । प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहितका ११ जना धरौटीमा छुटेका छन् ।
काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा शनिबार साँझ कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेर मुद्दा चलाएको थियो ।
एमालेका पूर्वमन्त्री र ‘सक्किगो निँ’का प्रहरीसहित ११ जुवाडे पक्राउ
जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको प्रहरीले जनाएकाे छ ।
सांसद राजभण्डारीसहित...
काठमाडौँ । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।
स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।
निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए ।
स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा...
काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा खुकुरी प्रहार गरेर एकजनालाई घाइते बनाएको आरोपमा तीनजना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा डिएसपी शिवराज बुढाथोकी नेतृत्वको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने...
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भएको बताएकी छिन् ।
आज प्रतिनिधिसभाको बैठकले उनले आफ्नै निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको बताएकी हुन् ।
उनले हिजाे करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको जनाइन् ।
उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५-२० जना साथीहरू जम्मा भइसक्नुभएको थियो र ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि...
कोशी प्रदेशसभामा नेपाली काँग्रेसबाट समानुपातिक सांसद रहेकी सुनिताकुमारी गुरुङको पद खारेज गर्न नेपाल दलित संघले माग गरेको छ ।
दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेको आधारमा दलित कोटाबाट प्रदेश सांसद भएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ, कोशी प्रदेश समितिले गुरुङको प्रदेश सभा सदस्यको पद खारेजी गर्न माग गरेको हो ।
रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङ नै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ ।
दलित संघले आइतबार काँग्रेस कोशी प्रदेश समितिमार्फत् गुरुङको पद खारेजीको माग गरेको हो ।
सुनसरीको बर्जु गाउँपालिकाकी...
२०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नेपाल प्रहरीका हालका आईजीपी बसन्त कुँवर १३ वर्ष इन्स्पेक्टर रहे । उनी २०६३ भदौ ८ गते डीएसपीमा बढुवा भएका थिए। जागिरे जीवनको उर्बर समयमा प्रहरी निरिक्षक र डिएसपी हुँदा माओवादी जनयुद्धका आधार क्षेत्र रोल्पा, सिन्धुलीमा कमाण्ड सम्हालेका कुँवरलाई आईजीपीको फुली लगाईदिने संयोग पनि माओवादी नेतृत्व कै सरकार बन्यो ।
इन्स्पेक्टर र डीएसपी हुँदा सिन्धुली, रोल्पा, गुल्मी, सुनसरी, मोरङ, दाङ, काठमाडौं, नवलपरासी र डोटीमा खटिएर काम गरेको अनुभव कुँवरसँग छ। डीएसपीमै हुँदा मनाङ, गोरखा, धादिङको इन्चार्ज भएर काम गरेका थिए।
कुँवर २०७१ फागुन १० गते एसपी बढुवा...
काठमाडौं । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटबाट अवैध लागूऔषध गाँजा ६ ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५८ क्याप्सुल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली दुधैली नगरपालिका-९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने २३ वर्षीय शितल बखती र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय बुद्ध लो तामाङ रहेका छन् ।
साथै उनीहरूले प्रयोग गरेको प्र.३-०२-००२ प ९७३२ नम्बर र बा.८२ प ९१७० नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी झापाकाे दमक नगरपालिका-५ डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका २६...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।
शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ रहेका छन् ।
शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए ।
योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रधानमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व हुनेगरी तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । यो राज्यमन्त्रीसहित मन्त्रिपरिष २५ सदस्यीय भएको छ ।
उनीहरुमध्ये २ जना नेपाली कांग्रेसका र १ जना नागरिक उन्मुक्ति पार्टीका हुन् ।
कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ रहेका छन् भने नाउपाका अरुण चौधरी रहेका छन् । विक वन तथा वातावरण राज्यमन्त्री, तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शुक्रबार राष्ट्रपतिको कार्यालयले राज्यमन्त्री...
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २० गते उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेकी छिन्।
बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री शर्मालाई सम्बोधन गरी ‘स्टाटस’ लेखेर श्रेष्ठले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न समेत गरेकी छिन्।
‘पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो’, उनले भनेकी छिन्, ‘रोकिएको...
काठमाडौं । आज नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।
नवनियुक्त प्रदेश प्रमुखहरूलाई राष्ट्रपति पौडेलले शीतल निवासमा बेलुका ५ बजे शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो। ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।
निर्देशनालयमा प्रमुख एसएसपी छन्। यद्यपि एआइजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भएकाले एआइजी राईको नेतृत्वमा समिति गठन भएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका...
सत्ताच्युत भएपछि शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
चार दिनदेखि जारी बैठकमा सचिव देवेन्द्र पौडेल अनुपस्थित छन् । उनी प्रचण्डलाई विश्वासको मत दिन पनि उपस्थित भएनन् ।
पौडेलकै गृह जिल्ला बाग्लुङ्गका एक माओवादी नेताका अनुसार देवेन्द्र पौडेल अहिले अमेरिका गएका छन् । पौडेल दम्पति नै अहिले अमेरिकामा छन् । उक्त स्रोतका अनुसार उनी छोरीको...