बुधबार, पुस २, २०८२

Tag: election

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु..!

काठमाडौं। सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ। साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शुन्य दशमलव ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने...

Continue reading

कानूनकै धज्जी उडाएर खुलेआम अपराध गर्दै हिँड्ने प्रधानको पक्षमा होला त निर्णय ?

काठमाडौं । यौन दुव्र्यवहारको आरोेप लागेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे आज संसदीय सुनुवाइ समितिले निर्णय लिने भएको छ। एमाले निकटका प्रधानले जागिर दिन्छु भनेर यौन शोषण गरे, राजनीतिक आडमा मुद्दा सामसुम गत हप्ता प्रधानको बारेमा संसदीय समितिमा सुनुवाई भए पनि निर्णय भने हुन सकेको थिएन। समितिले आज के निर्णय गर्छ भन्ने विषय पेचिलो बन्दै गएको छ। संवैधानिक अंगमा रहने व्यक्तिको नैतिकता उच्च हुनुपर्ने आवाज संसदीय समितिमा नै उठेको थियो। कुनै पनि व्यक्ति सार्वजनिक पद धारण गर्दा उसको नैतिकताको बारेमा प्रश्न उठेपछि नियुक्ति दिन नहुने आवाज चर्को रूपमा उठेको छ। समितिमा सांसदहरूले...

Continue reading

टीआरसीमा सहमति जुटाउने कसरत

संसदमा विचाराधीन अवस्थामा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सोमबार पनि सुरु भएको छ। संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्। बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन्। आजको बैठक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार...

Continue reading

माओवादीले २०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले २०८४ सालमा हुने तीन तहको निर्वाचनमा पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना लिएर अगाडि बढ्ने विषयमा निर्णय गर्ने बताएकाे हाे । माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै आज पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। १८ महिना सरकारको नेतृत्त्वमा...

Continue reading

बाग्मतीमा कांग्रेसको ‘इन्ट्री’, शपथ नै नलिई पद चैट

काठमाडाैं । राजनीतिक गर्न नजानेका बहादुरसिंह लामा बाग्मती प्रदेश सरकारमा ‘इन्ट्री’ हुनासाथ आफ्नै पार्टीको किचलो मिलाउन एकदमै गाह्राे भएको छ । आफैंले नियुक्त गरेका मन्त्रीलाई शपथ नै नखुवाइ पदबाटै हटाउनसम्ममा लामा पुगेका छन् । बाग्मती सरकारको नेतृत्वमा पहिलो पटक पुगेको कांग्रेसलाई आफूसँग गठबन्धनमा आएको एमालेसँगको मन्त्रालय भागबन्डामै सहमति जुटेन । ‘बल्लतल्ल’ एमालेसँग मन्त्रालयको भागबन्डा मिल्यो । एमालेसँग मन्त्रालयको भागबन्डा अनुसार मन्त्रीहरूको टुंगो पनि लाग्यो, तर कांग्रेसभित्रै सहज वातावरण बनेन । यसैको परिणाम हो, उनले नियुक्त गरेका एक मन्त्रीले नियुक्त भएको तीन दिनसम्म...

Continue reading

कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँको जडिबुटीस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जडिबुटीस्थित विभिन्न सामाजिक संघसंस्था, विद्यालयहरुको समेत संलग्नतामा सम्पन्न कार्यक्रममा २०० हाराहारीको सहभागिता रहेको समितिका अध्यक्ष देव चौलागाईंले बताए । नवप्रभात युवा क्लबका अध्यक्ष जीवन तामाङ्गका अनुसार कार्यक्रममा उच्च अदालतका पुर्व मुख्य न्यायाधिश डिल्लीराज आचार्य, बागमती प्रदेशसभा सदस्य सुनिल केसी, डिएसपी शिवराज बुढाथोकी, समाजसेवी सुर्य कोइरालालगायत सहभागिता थियो । https://www.facebook.com/share/v/9N7aSCD5bmgYFQLQ कार्यक्रममा सहभागीहरुले सरसफाई साथै...

Continue reading

सिग्देल प्रधानसेनापतिको लाईनमा : पुस ३ पछि अर्को रथी को ?

नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। यसअघि सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेपछि सिग्देललाई उक्त स्थानमा बढुवा गर्ने प्रक्रिया सुरु भएको हो। सिग्देलविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सूचनामा भनिएको छ । यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापतिसमेत बन्न सक्नेछन्। नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि...

Continue reading

सुन काण्डमा महरा समात्न पक्राउ पुर्जी लिने सिआईबीको तयारी !

केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन काण्डमा समात्नका लागि पक्राउ पुर्जी लिने तयारी गरेको छ । हिजो नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएपछि सिआईबीले यस्तो तयारी थालेको बताईन्छ । माओवादी कै बैठकमा यस्तो प्रस्ताव आएपछि सिआईबी महरा समात्न थप उत्साहित बनेको छ । प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार...

Continue reading

‘आदिपुरुष’ चल्न दिए सरकार र अदालत भारतको गुलाम : बालेन

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतकै आदेश आए पनि विवादित फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पाेस्ट शेयर गर्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले कानुन र अदालतलाई नमान्ने बताएका हुन् । फिल्म लेखकले नै नेपाल, भारतकै अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुने बालेनकाे भनाइ छ । आफ्नाे अडानलाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेकाे तथा अदालत र सरकार भारतको गुलाम भएको बुझिने मेयर बालेनकाे तर्क छ । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने...

Continue reading

टोपबहादुरलाई कठघरामा ल्याउन एमालेले सघाउने

नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए । उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए । नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट...

Continue reading

एआईजी ज्ञवालीको नागरिकता छानबिनमा : जागिर धरापमा !

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । उनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत् छन् । उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो । कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए । ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ । तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना...

Continue reading

डिएसपी भाटको कमाण्डमा करोडौं ठगिका ८ नाईके समातिए

जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ । २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा...

Continue reading

को पुग्ला चैत्र ११ पछि प्रहरीको नेतृत्वमा : यी हुन् दाबेदार !

नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्। नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध...

Continue reading

मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले...

Continue reading

कान्तिपथका पुर्व पत्रकार गणेश विकमाथि समाचार लेखेको विषयमा सांघातिक हमला

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य तथा खप्तड टिभीका प्रधान सम्पादक गणेश विकमाथि निर्घात कुटपिट भएको छ । काठमाडौँको पशुपति क्षेत्रमा पत्रकार विकमाथि भएको हातपातको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघको काठमाडौँ शाखाका सचिव महेश्वर गौतमद्वारा प्रेसित विज्ञप्तिमा जनाईएको छ ।

Continue reading

सांसद उठ्दा ५१८ भोट ल्याएका माओवादीका बद्नाम बजगाईँको अश्लिल च्याट बाहिरियो

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईँले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक किशोरीलाई अश्लील शब्द प्रयोग गरेको भन्दै पार्टी कार्यालयमा उजुरी परेको छ । सार्वजानीक स्थानमा प्रयोग गर्नै नै नमिल्ने शव्दहरु बजगाईंले किशोरीलाई प्रयोग गरी फेसबुक म्यासेन्जरमा पठाएको उनले बताएकी छन् । छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाइँलाई ती किशोरीले फेसबुकबाट ब्लक गरेको जनाएकी छन् । उनले नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँ जिल्ला समन्वय समिति, अखिल क्रान्तिकारी केन्द्रीय समिति र काठमाडौँ समितिलाई समेत उजुरीको वोद्यार्थ दिइएको...

Continue reading

विपक्षीको नुन खाएको आधारमा दुई लामा कांग्रेसको लफडा : गणेशलाई कारबाही सिफारिस

नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो। चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्। ‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...

Continue reading

हिन्दुवादी राप्रपाको समानुपातिक सांसदमा क्रिश्चियन मिसनकी बिना !

हिन्दुवादी पार्टी राप्रपाले ‘क्रिश्चियन’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र विद्रोह हुन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् । विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा...

Continue reading

माओवादीका दुई उपमहासचिवका बहिनी समानुपातिक सांसद !

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ आफूले पाएको समानुपातिक कोटामा सांसद निर्वाचित गर्नका लागि नामावली पठाएको छ । पार्टी महासचिब देव गुरुङले शनिबार निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् । माओवादीले समानुपातिकमा प्रतिनिधिसभामा १४ सिट पाएको थियो । तीमध्ये १२ जना महिला र २ जना पुरुषको नाम पठाएको छ । आयोगले दलहरूलाई शनिबारसम्म नाम आयोगमा बुझाउन समय दिएको थियो । अब आयोगले सिफारिस नामहरूको अध्ययन गरी निर्वाचित घोषणा गर्नेछ । माओवादी केन्द्रबाट समानुपातिक सांसद हुनेमा दुर्गा राई (भोजपुर), मीना तामाङ (काभ्रेपलाञ्चोक), उर्मिला माझी पौडेल (लमजुङ), छिरिङ ल्हामु लामा तामाङ (जुम्ला),...

Continue reading

ब्रुनोको गोलमा पोर्चुगल नकआउट चरणमा

पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ । लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए । यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

Continue reading

कमल थापाको पार्टीलाई देशभरबाट ६ हजार भोट

राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ। जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ । सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।

Continue reading

लुम्बिनी प्रदेशमा साढे ३२ लाख मतदाता, कुन क्षेत्रमा कति (सूचीसहित)

रुपन्देही । निर्वाचनको लागि मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ ।  राजनीतिक दलहरूले उम्मेदवारसहित मत माग्ने समयावधि सकिएको छ । प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा मङ्सिर ४ गते हुने निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् ।  प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख...

Continue reading

बालकोटबाट १० करोड बोकेर खतिवडालाई हराउन को निस्कियो ?

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले आफूलाई जुनसुकै हालतमा हराउन भन्दै केही व्यक्ति मोटो रकम खर्चेर लागिपरेको सूचना पाएको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिका ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले एमालेसँग विद्रोह गरेर प्रतिगमनविरुद्धको लडाईंमा लागेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूलाई आगामी चुनावमा जसरी पनि हराउने भन्दै केही व्यक्ति हात धोएर लागिपरेको जानकारी मिलेको उल्लेख गरेका हुन् । ‘विरोध र माधवलाई जसरी पनि चुनावमा हराउनुपर्छ भनेर केही मान्छे लागेका छन्,’ खतिवडाले भने, ‘एमाले...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत