बुधबार, पुस २, २०८२

Tag: election

कांग्रेसको संकल्पपत्रमा के छ ? [पूर्णपाठसहित]

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। यस्तो छ कांग्रेसको संकल्पपत्र (घोषणापत्र) : NC-ManifestoDownload

Continue reading

सधै हेवीवेट उम्मेदवार छान्ने काठमाडौँ २ ओनसरी घर्ति कुर्दै !

नेकपा माओवादी केन्द्रले यसपटक काठमाडौं उपत्यकामा ६ वटा निर्वाचन क्षेत्र (काठमाडौँ १० मा एकल प्रतिष्पर्धा) पाएको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादीले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती मगरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घर्ती दुई पटक समानुपातिक सांसद बनिसकेकी थिइन्। यसपटक उनले प्रत्यक्षमा चुनाव लड्न काठमाडौं २ पाएकी छन्। एमालेबाट २०७८ साउन ९ गते विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल आफूले जित्दै आएको यो क्षेत्र छाडेर रौतहट १ गएपछि काठमाडौं २ माओवादीले पाएको हो। काठमाडौँ क्षेत्र नं २ का मतदाताको टेष्ट हेवीवेट नेताहरुमा पर्ने गरेको छ ।...

Continue reading

विष्णु पौडेललाई हाईसन्चो: गठबन्धनका उम्मेदवारको मनोनयन खारेज

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ। रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो। कार्यालयले सोही क्षेत्रका हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज गरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवारी पनि कार्यालयले खारेज गरेको छ। गठबन्धनका उम्मेदवार गुरुङ पौडेलका मुख्य प्रतिस्पर्धी हुन्। कार्यालयका अनुसार समाजवादीका गुरुङ र स्वतन्त्र...

Continue reading

जसपाका ४ मन्त्रीलाई निकालिदै

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई तत्काल हटाउने बताएका छन्। मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा आएका चार मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको थियो। मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि जसपाका मन्त्रीहरु हटाउनेबारे कुरा भएको थियो। जसपाले सत्ता गठबन्धन छाडेपछि अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले कांग्रेससँग तालमेल गरिसकेको छ। यस्तोमा मंगलबार बालुवाटार पुगेका एकजना मन्त्रीका अनुसार देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका हुन्। क्याबिनेटको...

Continue reading

होली वाईन खुवाउने हर्ताकर्ता एमालेको समानुपातिक १९ नम्बरमा !

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले)को समानुपातिक सूचीमा परेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उमेदवार सूचीमा ढकाल पनि अटाएका हुन् । एमाले स्रोतबाट प्राप्त सूचीमा ढकालको नाम रहेको भेटिएको हो । एमालेले आयोगमा बुझाएको बन्दसूचीको १९ नम्बरमा ढकालको नाम रहेको छ । एमाले र ढकाल नेतृत्वको परिवार दलले गत स्थानीय चुनावमा पनि तालमेल गरेका थिए । उनी युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख हुन् । युपीएफ नेताहरुलाई बोलाएर होली वाईन खुवाएर नेपालमा बद्नाम छ । युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनले २२ नोभेम्बर २००५ मा...

Continue reading

गठबन्धनको सिट बाँडफाँट आजै टुंगो लगाउने गृहकार्य

आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्। सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो। पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनिएको...

Continue reading

घर भत्काउने अभियानको विपक्षमा उभिए पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन्। आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दीगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए। पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने...

Continue reading

चोलेन्द्रशमशेरको दोश्रो दिनको बयान सुरु: आज नि धेरै डामिदै !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्। बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो। बुधबार उनीमाथिका ४३ प्रश्नमध्ये जबराले चार वटाको जवाफ दिएका थिए। बाँकी प्रश्नको जवाफ आज दिने छन्। प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो। सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी...

Continue reading

मन्त्री शर्मामाथि अर्को आरोप : साना व्यापारीलाई डण्डा, ठुलालाई सेटिङ्गमा छुट !

देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा लगाएको कडाइमा सेटिङ्गको गन्ध आएको छ। भर्खरै करको दर हेरफेरमा संसदीय छानबिन समितिबाट ‘सुनियोजित’ सफाई लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि एउटा आरोप सेलाउन नपाउँदै अर्को आरोप लागेको हो । सरकारले बैशाख १३ गते मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने बताएको थियो। फेरी साउन १ गतेदेखि मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता...

Continue reading

तामाकोशीको कवाडीमा ‘गिद्धे नजर’ : रातारात तस्करीमा गिरोह नै सक्रिय !

दोलखामा हालै निर्माण सम्पन्न राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को कवाडी सामान रातिराति चोरी गर्ने गिरोह नै सक्रिय रहेको पाईएको छ। कवाडी सामान चोरेर लैजाने क्रममा स्थानीयले सिङ्गटी बजारमा दुई वटा गाडी नियन्त्रणमा लिएका छन् । जफत हुनेमा न. प्र. ०३-००१ क २०६४ र मधेस प्रदेस ०३-००१ क २२०० नम्बरको गाडी रहेका छन्। पुरानै पत्र संख्या नम्बर, पुरानै चलानी नम्बर र पुरानै मिति भएको जिल्ला प्रशासन कार्यालय र जलविद्युत आयोजनाको पुरानै पत्र देखाउँदै आयोजनाको कवाडी सामान लाने गरेको पाइएकाे हाे । काम सकिएपछि आयोजनाका कवाडीमा राजनीतिक दल तथा प्रशासनिक आँखा लागेपछि...

Continue reading

अध्यक्ष बोल्दा जनता कक्रक्कै: गालीको वर्षा, बंगारा खुस्काउने धम्की [अडियो]

दोलखाको शैलुङ्ग गाउँपालिकाका एक वडा अध्यक्षको जनतालाई थर्काएर अपशब्द बोलेको अडियो सार्वजनिक भएको छ । पहरीखर्कका स्थानीय सुरज भण्डारीले आफ्नो ठाउँका लागि बजेट माग्दा भण्डारीका आमालाई समेत जोडेर गाली गर्दै अपशब्द बोलेका छन् । https://www.youtube.com/watch?v=b6s0ScfNg4k वडाअध्यक्ष भण्डारीले बढी नबोल बंगारा खुस्काउने धम्की दिएका छन् । वडाअध्यक्षले उल्टै बजेट हालिन के गर्न सक्छस भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन् । तामाङ्गले कांग्रेसका उम्मेदवार भन्दा ३ भोट बढी ल्याएर चुनाव जितेका थिए । बजेट नहालेको भन्दै भण्डारीले वडा कार्यालयमा ताला लाउने बताए पछि वडा अध्यक्ष रिसले चुर भएका थिए । #Shailung...

Continue reading

राक्सिराङको सडक अलपत्र पार्ने कांग्रेसका दुई ठेकेदार सांसदलाई कारबाहीको माग

मकवानपुरको राक्सिराङस्थित परेवाभिरको निर्माण कार्यमा यो वर्ष पनि आलटाल देखिएको भन्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रदीप घलानले फेसबुकमा फोटो/भिडियो सहित लामो पोस्ट लेख्दै निर्माण कम्पनीको विरोध गरेका छन् । उक्त सडक खण्ड कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद जिपछिरिङ्ग लामा र बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको जोईण्ट भेन्चरमा निर्माण भैरहेको छ । ३ सय २० मिटर लम्बाइको सडक र बेसमेन्टबाट ८ मिटर उचाइको ठेक्का बानियाँ निर्माण सेवाले लामा कन्स्ट्रक्सनसँग जेभीमा पारेको हो । ४ करोड रुपैयाँमा ठेक्का पारेका बानियाँले उसो त आफ्नै पैसामा बनाउँछु भनेर राजनीतिक...

Continue reading

माओवादी जनप्रतिनिधीलाई वन मन्त्रालयमा बधाई तथा शुभकामना कार्यक्रम

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट नगर/गाउपालिकाका निर्वाचित प्रमुख उप-प्रमुखलाई बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको हलमा स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा अर्थ मन्त्री शालिकराम जमकट्टेल र वन तथा वातावरण मन्त्री विशाल खड्काको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीद्वयले शुभकामना मन्तब्य र संक्षिप्त प्रशिक्षण दिएका थिए । कार्यक्रममा मन्त्रीहरु कुमारी मोक्तान, रत्न ढकाल र घनश्याम दाहाल तथा प्रदेश सभा सदस्य, पुर्वमन्त्री युवराज दुलालको पनि उपस्थिती रहेको थियो ।

Continue reading

बेलायती प्रधानमन्त्रीको विश्वासको मतमा आज मतदान हुँदै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसदमा विश्वासको मत लिने भएका छन् । बेलायती समयानुसार बेलुका ६ बजे संसदमा मतदान हुन लागेको हो । उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका ५४ सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि जोन्सनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । विश्वासको मत हासिल गर्न असफल भए जोन्सनले पद गुमाउनेछन् । उनलाई प्रधानमन्त्री पदबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० जना सांसदमध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ । तर, मन्त्रिपरिषद्का २२ जना सांसदमध्ये १६ जना जोन्सनको पक्षमा मतदान गर्ने बताइसकेका छन् । कोरोनाको...

Continue reading

दोलखा जिससको निर्वाचन असार १ गते हुने

जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ । दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन संशोधन गर्ने, २७ गते मतदाताको नामावलीमा उजुरी दिने तथा अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते मनोनयन दर्ता, २९ गते उम्मेदावारकोविरुद्ध दाबी विरोध गर्ने र ३० गते उम्मेवारलाई चिह्न प्रदान गरी असार १ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत...

Continue reading

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो । आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लामा...

Continue reading

काठमाडौँको २७ वडामा मत गणना सकियो ५४ हजार ६२८ मत सहित बालेन अगाडी

काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ । वडा नं १८ मा एमालेका महर्जन विजय पछिल्लो समय जारी गरेको मतपरिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनका प्रतिस्पर्धी...

Continue reading

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ । थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६०, नेकपा (एमाले)का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याउनुभएको छ । यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत...

Continue reading

नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको...

Continue reading

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छ मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसक्नुभएको छ । काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका,...

Continue reading

सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच पालिकामा प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ ।कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र ४१ वडा अध्यक्षसमेत जितेको हो । विसं २०७४ को चुनावमा पनि कांग्रेसले पाँच प्रमुख र सात उपप्रमुखमा विजयी हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि जित हासिल गरेको सुरुङ्गामा कांग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित हुन सके पनि शम्भुनाथ नगरपालिका तथा विष्णुपुर, राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा भने कांग्रेसले नेतृत्व दोहो¥याउन सकेन । नयाँ पालिकाको रूपमा सप्तकोसी र कञ्चनरूप नगरपालिका तथा तिलाठी कोईलाडी र तिरहुत...

Continue reading

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो । कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ । यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भ्ुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ...

Continue reading

मतदाता शिक्षा अभावको कारण बागलुङमा १० प्रतिशत मत बदर

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो । कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ० दशमलव ८० प्रतिशत (एक हजार ९) र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मतदाता...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत