मङ्लबार, बैशाख ८, २०८३

Tag: feature

पूर्वन्यायाधीश डिल्लीराज आचार्य : सुन तस्करीको सफलतापुर्वक अनुसन्धानपछि सहकारीको जिम्मा

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्युठानका बासिन्दा हुन्। त्यस्तै, समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए। आचार्यले प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा सुन तस्करी प्रकरणको छानबिनका लागि गठित चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगको समेत सफलता पुर्वक नेतृत्व गरेका थिए । आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग...

Continue reading

“सेवाग्राहीलाई सहयोग गर्न प्रहरी आफैं अग्रसर हुनुपर्छ” : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले सेवाग्राहीप्रति प्रहरीको व्यवहार, जिम्मेवारी र संवेदनशीलता झल्किने गरी कडा निर्देशन दिएका छन्। कार्कीले स्पष्ट रूपमा भनेका छन्:- “लेख्ने-लेखाउने कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो।” कार्कीकाे यो भनाइले प्रहरी संगठनभित्र सेवा प्रवाहको शैलीमा सुधार ल्याउने संकेत गरेको छ। आम नागरिक प्रहरी कार्यालय पुग्दा प्रायः विभिन्न समस्यामा परेको, अशिक्षित वा प्रक्रियाबारे अनभिज्ञ हुने भएकाले प्रहरी आफैंले सहयोगी भूमिका निर्वाह गर्नु...

Continue reading

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्यान आर्थिक मुद्दामै केन्द्रीत

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखका रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी ५ असोज २०८२ मा सरुवा भएयता ब्यूरोको काम गर्ने शैलीलाई लिएर प्रश्न उठ्न थालेका छन्। सिआइबीको मुख्य जिम्मेवारी जटिल तथा जघन्य प्रकृतिका अपराधहरूको अनुसन्धान गर्नु हो। देशभर हत्या, बलात्कार जस्ता गम्भीर मुद्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहे पनि पछिल्लो समय ती विषयमा सिआइबीको सक्रियता कमजोर देखिएको आरोप लाग्न थालेको छ। बरु, केसीको नेतृत्वमा ब्यूरो आर्थिक अपराधमा बढी केन्द्रित भएको देखिन्छ। बैंकिङ, सहकारी तथा तथाकथित ‘फेक रेस्क्यू’ जस्ता आर्थिक प्रकृतिका मुद्दामा मात्रै...

Continue reading

आज ‘अप्रिल फुल‘ : QR कोडमार्फत झुक्यायो नेपाल प्रहरीले

काठमाडौं । आज अप्रिल १ — डिजिटल युगमा बढ्दो साइबर ठगीप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले नेपाल प्रहरीले यसपटक ‘अप्रिल फुल’ लाई सिर्जनात्मक ढंगले उपयोग गरेको छ। नेपाल प्रहरीकाे आधिकारिक फेसबुक पेज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एउटा साधारण देखिने QR कोड पोस्टले हजारौं प्रयोगकर्तालाई केहीबेरका लागि अन्योलमा पार्यो। पोस्टमा लेखिएको थियो, “तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन? सुनिश्चित गर्न QR कोड स्क्यान गर्नुहोस्।” जिज्ञासाबाट सुरु, ‘अप्रिल फुल’ मा अन्त्य उजुरी परेको हुन सक्ने डर र जिज्ञासाका कारण धेरै प्रयोगकर्ताले तत्काल QR कोड स्क्यान गरे। तर, स्क्यान...

Continue reading

नेपाल प्रहरीका दिनेश घुससहित पक्राउ

काठमाडौं । प्रहरी वृत्त मालिगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदए बापत उनले २० हजार रकम लिएको अख्तियारले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरी स्थित ग्रिन क्याफेबाट सेवाग्राहिसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

Continue reading

४ लाख घुससहित घुमुवा प्रहरी बिष्टसहित २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका हुन् । उनी पनि घुमुवा नै हुन् । बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको काठमाडौं परिसरले कान्तिपथसंग कुरा गर्दै उक्त घटनाबारे पुष्टि गरेको हाे । बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ । बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका...

Continue reading

मोबाइल एप बनाएर १२ करोडभन्दा बढी ठगी, ११ जना पक्राउ

काठमाडौं । अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् । चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘SMC’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए । यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम...

Continue reading

जनताको चाहना प्रचण्ड, रुकुमका नेताको रोजाइ आफ्नै नाम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पूर्व) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वार टुंग्याउन नसकेपछि अन्तिम निर्णयको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयलाई सुम्पिने निर्णय गरेको छ। जिल्लामा प्रत्यक्षतर्फ गणेशमान पुन, तेजबहादुर ओली, जितमान पुन र दलजित सेर्पालीले आ–आफ्नो उम्मेद्वारी दाबी गरेपछि सहमति कायम हुन नसकेको हो। लामो समयसम्म चलेको आन्तरिक छलफलका बाबजुद साझा निष्कर्षमा पुग्न नसकेपछि जिल्ला कमिटीले विषय केन्द्रीय तहमा पठाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ। यसबीच पार्टीको आन्तरिक सर्कुलरअनुसार जेन–जी (नयाँ पुस्ता) को प्रतिनिधित्व गर्दै सर्जना कार्कीको...

Continue reading

प्रहरीभित्रै पहुँचको दाबी गर्दै ठगी, हबल्दारबाट ५० हजार कुम्ल्याइयो

काठमाडौं । नेपाल प्रहरीभित्र काज तथा सरुवा मिलाइदिने भन्दै ठगी गर्ने गतिविधि फेरि सार्वजनिक भएको छ। बद्री यादव नामक व्यक्तिले काज सरुवा गराइदिने आश्वासन दिँदै एक जना प्रहरी हबल्दारबाट रकम असुलेको तथ्य खुलेको हो। समाचार स्रोतका अनुसार यादवले ती प्रहरी हबल्दारसँग काज सरुवा गराइदिने बहानामा रु ५० हजार लिएका छन्। तर रकम लिएपछि न त सरुवा भयो, न त यादवले पैसा फिर्ता गरे। ठगीमा परेका प्रहरी हबल्दारको नाम गोप्य राखिएको छ। पीडित प्रहरीका अनुसार यादवले टेलिफोनमार्फत सम्पर्क गर्दै आफू उच्च पहुँच भएको व्यक्ति भएको दाबी गरेका थिए र सोही आधारमा विश्वास दिलाएर रकम लिएको बताएका छन्। यस घटनाले...

Continue reading

मोरङ प्रहरीको सफलता : अंशु गौतमका हत्यारा पक्राउ

मोरङको लेटाङ-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण दुई महिनापछि प्रहरी निष्कर्षमा पुग्दै अभियुक्तलाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भेटिएको शव र ठोस प्रमाणको कमीले अनुसन्धान निकै जटिल बने पनि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) तथा मोरङ प्रहरीले संयुक्त रूपमा अनुसन्धानलाई अघि बढाउँदै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गर्न सफल भयो। २१ असोजको दिउँसो अंशु र उनकी साथी युरिका विद्यालय नजिकै खेलिरहेका थिए। त्यही बेला पुगेका पदमबहादुरले युरिकालाई ५ रुपैयाँ दिएर घर पठाए र अंशुलाई घाँस काट्न सघाइदिन भन्दै जंगलतर्फ लगे। जंगलभित्र उनले जबरजस्ती करणीको प्रयास गरे तर प्रतिकार भएपछि उनले...

Continue reading

बैतडीका नरेन्द्र र आयुसा : नेपाली सेना इतिहासमा पहिलो पटक बुबा छोरीको संयुक्त उपस्थित‍ि

काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० वर्षीया छोरी आयुसा बिष्ट नेपाली सेनाको इतिहासमा पहिलोपटक बुबाछोरी दुवै एकै समयमा, एकै दर्जामा तालिमरत भएको दुर्लभ उदाहरण बनेका छन्। २४ वर्षे सेवा अवधि पूरा गर्दै सहायक सेनानीको पदमा पुगेका नरेन्द्र र पहिलो प्रयासमै सेकेन्ड लेफ्टिनेन्टमा चयन भएकी आयुसा दुवै हाल तालिममा व्यस्त छन्। नरेन्द्र हाल सबुज गण बारामा कार्यरत छन भने,आयुसा सि.नं. ६५ खरिपाटी तालिममै व्यस्त छिन् । बुबाछोरी दुवैको एकै स्थानमा, एउटै चरणको तालिममा सहभागिता स्वयं नेपाली सेनाको इतिहासमै अनौठो र प्रेरणादायी देखिएको छ। आयुसा सेनामा...

Continue reading

प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधान सेनापतिलाई के गर्छ ?

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनामा सेनाको भूमिकाबारे छानबिन गर्न गठित आयोगले मागेका अभिलेख अपूरो आएपछि आयोग र जंगीअड्डाबीचको सम्बन्ध झन् तनाबपूर्ण बन्दै गएको देखिएको छ। नेपाल प्रहरीका प्रमुखमाथि अवहेलनाका आधारमा जरिवानाको प्रस्ताव अघि सारेपछि नेपाली सेनाका प्रधान सेनापतिसँग कस्तो व्यवहार गर्ने भन्ने विषय अहिले सुरक्षा–राजनीतिक वृत्तमा मुख्य बहस बनेको छ। आयोगका विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलेप्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने प्रधान सेनापतिलाई के गर्छन् ? वा प्रहरी मनोवल गिराउन प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधान सेनापतिलाई के गर्छ? भन्ने प्रश्न...

Continue reading

गैरहाजिर रहेका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ। गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एक कार्यालय सहयोगी रहेका छन्। दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। नाम, ठेगाना र गैरहाजिर भएको मितिसहित सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन आग्रह गरेको छ। अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

Continue reading

एक नम्बर वरियताका एसएसपी किन डिआईजी बढुवामा छुटे

काठमाडौं । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट छुटाएको छ। गृह मन्त्रालयले सिफारिस गरेको नामसूचीमा १ नम्बरमा रहँदै आएका अधिकारीलाई अन्तिम घडीमा निकालिएको भन्दै प्रहरी संगठनभित्र असन्तोष देखिएको छ। अधिकारी संगठनभित्र अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधारदेखि आपराधिक नियन्त्रणमा उल्लेखनीय काम गरेका उनीमाथि जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको बताइन्छ। तर, सो घटनासम्बन्धी छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी देखाएको...

Continue reading

भारतस्थित SVP राष्ट्रिय प्रहरी एकेडेमीमा ५ जना नेपाली प्रहरी अधिकृत दिक्षित

काठमाडौं । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (SVPNPA) मा सञ्चालित भारतीय पुलिस सेवा (IPS) 77 RR समूह अन्तर्गत ५ जना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन्। उक्त प्रशिक्षणमा सहभागी नेपाली अधिकृतहरूले उच्च अनुशासन, दक्षता र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। दिक्षितमध्ये प्रहरी निरीक्षक सगुन खड्काले “Best Foreign Officer Trainee in Phase-I” उपाधि प्राप्त गरी नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएका छन्। उक्त उपलब्धिले नेपाल प्रहरीको प्रशिक्षण प्रणाली, पेशागत दक्षता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धतालाई अझ बलियो...

Continue reading

महेशलाई महावीरले भने: ‘तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझीकन नबोल्न सुझाव दिएका छन्। बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्। भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू...

Continue reading

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेल: सामाओसँग भिड्दै नेपाल

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ । नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो । नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा...

Continue reading

देउवा केन्द्रिय समिति बैठकबाट सार्वजनिक हुँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ । जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ । उक्त घटनापछि देउवा पहिलो पटक सार्वजनिक हुँदैछन् । मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो लाग्न नसकेको हो । केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

Continue reading

पूर्वएआईजी सुवेदीको पृष्ठभुमि : पिता कांग्रेस सांसद, पंचायत पसेर जिविस सभापति

नेपाल प्रहरीलेका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) ले साइबर अपराधको उजुरी दिएको छ । माओवादी केन्द्रले सुवेदीले दिएको “झुठा अभिव्यक्ति” लाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको हो। पूर्व एआईजी सुवेदीले एक युट्युब अन्तर्वार्तामा “जेन–जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको” दाबी गरेका थिए। उक्त अभिव्यक्तिलाई खण्डन गर्दै माओवादी केन्द्रले त्यसलाई “पूर्णरूपमा मनगढन्ते र चरित्रहत्या गर्ने” अभिव्यक्ति ठहर गरेको छ। माओवादी अध्यक्ष प्रचण्डका स्वकीय...

Continue reading

झाडी फाँडेर फलफूल खेती

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२–०८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२–०८३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो । नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित...

Continue reading

भोजपुरमा संरक्षणको पर्खाइमा ‘चुदारा’ पेसा

भोजपुर– भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पुर्ख्यौली सीप हराउने अवस्थामा पुगेको हो । विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताए । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो’ उनले भने, ‘तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।’ गाउँघरमा पाइने गोगुन,...

Continue reading

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ। सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ। सुपर...

Continue reading

माओवादीका अर्का उपाध्यक्ष पनि सुन तस्करीमा तानिंदै

विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ। यसअघि माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा यसै प्रकरणमा पक्राउ परिसकेका छन्। पुनका जेठा छोरा जितेन्द्र पुन ले दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चीनको ताक्लाकोट पुगेर चार किलो सुन लिएको आरोप लागेको छ। भुक्तानी नदिँदा त्यो प्रकरण सार्वजनिक भएको थियो। हाल उनी अमेरिकामा रहेको बताइएको छ। कान्छा छोरा दीपेश पुन पनि ९ किलो र ६१ किलो सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत