शनिबार, मंसिर ९, २०८०

Tag: featured

कमल थापाको पार्टीलाई देशभरबाट ६ हजार भोट

राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ। जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ । सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।

Continue reading

गठबन्धनको सिट बाँडफाँट आजै टुंगो लगाउने गृहकार्य

आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्। सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो। पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनिएको...

Continue reading

रिक्त एआइजी बढुवाका लागि दौडधुप : को-को छन् भावी आईजीपीको तयारीमा ?

नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले गत: बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो। आचार्यको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी...

Continue reading

छात्राले फोटो नपठाए, खुसी नबनाए प्राक्टिकलमा फेल गर्दिने शिक्षकको थ्रेट !

कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षक प्रहरीकाे फन्दामा परेका छन्। सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११-१२ का विद्यार्थीलाई कम्प्युटर बिषय पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको फेसबुक कुराकानी फेला पारेकाे छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनु...

Continue reading

बर्गर हाउसको शंखमुल आउटलेट विस्तार: १५ सय बर्गर निशुल्क वितरण

नेपालको सबैभन्दा ठुलो चेन रेष्टुरेन्ट, ‘द बर्गर हाउस एण्ड क्रंची फ़्राईड चिकेन’ को पहिलो आउटलेट शंखमुलको विस्तार गरेको छ । युवा व्यवसायी तथा दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ३ का अध्यक्ष वसन्त तामाङ्ग लगायतको टिमले सुरु गरेको बर्गर हाउसको देशभर १११ वटा आउटलेट संचालनमा रहेको र छिट्टै केहि समय भित्र १० वटा थपिने क्रममा रहेको संस्थापक लामाले बताए । आज शाखा विस्तारको अवसरमा १५ सय बर्गर निशुल्क वितरण गरिएको छ । बर्गर हाउसले ठुलो संख्यामा रोजगारी सृजना गर्दै आएको छ। बर्गर हाउससँग सम्बद्ध विष्णु पाख्रिनले भने, ‘पहिले रेस्टुरेन्ट भन्नासाथ सम्भ्रान्त मान्छे जाने ठाउँ बुझिन्थ्यो, रिजनेबल मेन्युले...

Continue reading

महालेखाको प्रतिवेदन: प्राधिकरणको बजेटबाट पुर्व मन्त्री पार्वत गुरुङ्गलाई गाडी !

महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ । प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो । प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गर्दा नेकपा एमालेका नेता पार्वत गुरूङले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सुरुमा महिला, बालबालिका तथा समाजकल्याण...

Continue reading

अध्यक्ष बोल्दा जनता कक्रक्कै: गालीको वर्षा, बंगारा खुस्काउने धम्की [अडियो]

दोलखाको शैलुङ्ग गाउँपालिकाका एक वडा अध्यक्षको जनतालाई थर्काएर अपशब्द बोलेको अडियो सार्वजनिक भएको छ । पहरीखर्कका स्थानीय सुरज भण्डारीले आफ्नो ठाउँका लागि बजेट माग्दा भण्डारीका आमालाई समेत जोडेर गाली गर्दै अपशब्द बोलेका छन् । वडाअध्यक्ष भण्डारीले बढी नबोल बंगारा खुस्काउने धम्की दिएका छन् । वडाअध्यक्षले उल्टै बजेट हालिन के गर्न सक्छस भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन् । तामाङ्गले कांग्रेसका उम्मेदवार भन्दा ३ भोट बढी ल्याएर चुनाव जितेका थिए । बजेट नहालेको भन्दै भण्डारीले वडा कार्यालयमा ताला लाउने बताए पछि वडा अध्यक्ष रिसले चुर भएका थिए । #Shailung #Dolakha #DhanTamang #UML

Continue reading

माओवादी जनप्रतिनिधीलाई वन मन्त्रालयमा बधाई तथा शुभकामना कार्यक्रम

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट नगर/गाउपालिकाका निर्वाचित प्रमुख उप-प्रमुखलाई बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको हलमा स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा अर्थ मन्त्री शालिकराम जमकट्टेल र वन तथा वातावरण मन्त्री विशाल खड्काको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्रीद्वयले शुभकामना मन्तब्य र संक्षिप्त प्रशिक्षण दिएका थिए । कार्यक्रममा मन्त्रीहरु कुमारी मोक्तान, रत्न ढकाल र घनश्याम दाहाल तथा प्रदेश सभा सदस्य, पुर्वमन्त्री युवराज दुलालको पनि उपस्थिती रहेको थियो ।

Continue reading

आईजीपी विवादको मुद्दा का.मु. प्रधानन्यायाधिश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदै

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सोमबार सुनुवाइ हुँदैछ। धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आज सोमबारका लागि तोकिएको थियो। पहिलो वरीयताका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो। पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए। उक्त मुद्धा का.मु. प्रधानन्यायाधिश दीपककुमार कार्की र न्यायाधिश...

Continue reading

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकाले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार गरिएको हो । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...

Continue reading

बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा स्वीकार गरेको छ : विनोद चौधरी

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटलाई नयाँ दृष्टिकोण र दृढताको प्रस्थान बिन्दुको रूपमा चित्रण गरेका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा प्रसटसँग स्विकारेको बताए। मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई बजेटले अंगालेको भन्दै उनले यसलाई सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे। उनले बजेट प्रविधिकेन्द्रित भएकोसमेत बताए। ‘यसपटक अर्थमन्त्रीजीले खास गरीकन निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रूपमा प्रस्टसँग स्वीकार गर्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट...

Continue reading

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत