उच्च अदालत तुलसीपर नेपालगञ्ज इजलासकाे वार्षिक मुद्दा फर्याैट प्रगति १०५ प्रतिशत
नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास मातहत बाँके जिलला अदालत र बर्दिया जिल्ला अदालतको मंगलबार वार्षिक समिक्षा गरिएको छ ।
अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असारमसान्तसम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको हो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले उक्त अवधीभित्र दुई हजार सात सय ९ लगत मध्य एक हजार ९ सय ३४ वटा मुद्दा फर्छ्यौट गरि वार्षिक निर्धारण गरिएकाे लक्ष्यकाे १०५% लक्ष्य हासिल गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधी वाग्लेले प्रस्तुत गर्नु भएकोे विवरण अनु्सार जिम्मेवारी तर्फ एक हजार ५४ र नयाँ दर्ता तर्फ आठ सय ८० गरेर एक हजार...

