बालिकालाई पैसाको लोभ देखाएर यौनधन्दामा, ठमेलको हिमालयन स्पाकी सञ्चालिका पक्राउ
काठमाडौं । काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन्।
पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने भनी प्रहरी-प्रशासनले ठमेललाई २४ सै घन्टा खुला छोडिदिएको छ। तर, यो क्षेत्रमा रात्रिकालीन व्यवसायसँगै अपराधजन्य क्रियाकलाप पनि उतिकै मौलाइरहेका छन्।
ठमेलको अर्को विशेषता ‘स्पा’ अर्थात् ‘मसाज’ पनि हो। होटल तथा रेस्टुरेन्टमा मदिरा पिएर लर्खरिएका व्यक्तिहरू ‘मसाज’को आनन्द लिन लालायित हुन्छन्।
त्यस्ता ग्राहकहरूलाई ‘मसाज’को आनन्द दिने बहानामा ठमेलमा खुलेका ‘स्पा’हरू ‘उदार’ प्रस्तुत हुन्छन्। उनीहरूले ‘दलाल’...