आठ जना जुवाडे पक्राउ
काठमाडाैं । नेपाल प्रहरीले विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट...

