मङ्लबार, माघ ६, २०८२

Tag: Nepali Congress

नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ।  आज बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो। शाह हाल विशेष ब्युरोका प्रमुख हुन्।  आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन्।

Continue reading

सिरहा नगरपालिकाको ‘एकल प्रकाशन’ निर्णय : शिक्षा ऐनको उल्लङ्घन

सिरहा । सिरहा नगरपालिकाले संस्थागत विद्यालयहरूमा एकल पाठ्यपुस्तक नीति लागू नगरे कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाउने सुचना जारी गरेको छ।   जनप्रतिनिधि र कर्मचारीले पब्लिकेशनसँग सेटिङ मिलाएर संस्थागत विद्यालयहरुलाई पालिकाले तोकिएकै पाठ्यपुस्तक लागू गर्न उर्दी जारी गरेको सम्बन्धि  समाचारलाई लक्षित गरी पालिकाले जारी गरिएको पब्लिकेसन्सको पुस्तक खरिद नगरिए कानुन बमोजिम भइजाने सुचना जारी गरेको हो।  नगरपालिकाले नियम कानुनलाई लत्याउदै कक्षा १ देखि १० सम्मका लागि निश्चित प्रकाशनका पुस्तकहरू अनिवार्य रूपमा लागू गर्ने निर्णय गर्दै विद्यालयहरूलाई अर्को...

Continue reading

वरियता मिच्दै ६ जना एआइजीको बढुवा सिफारिस, प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको हो।  बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।   खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्।   नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट...

Continue reading

हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार तामाङ पक्राउ

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार तामाङविरूद्ध एउटा कर्तव्य ज्यान मुद्दा र अन्य चार वटा चोरी तथा डाँका मुद्दा छन्। तामाङविरूद्ध २०७९ माघ १४ गते राति साढे ११ बजे बागलुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गोपालकुमारी शेरचनलाई उनले सञ्चालन गर्ने होटलमा हत्या गरी गरगहना...

Continue reading

जग्गा प्रकरण : दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। जग्गा प्रकरण : सडकदेखि सदनसम्म उठ्यो प्रश्न ? गाैर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता  गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू-माफियाले  बिक्री गर्न लागेको भन्दै तत्काल उक्त जग्गा रोग्गा गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।  भू-माफियाले...

Continue reading

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट ७५ जना विद्यार्थी नेपाल फर्किए

काठमाडौं । उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो। त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन्। मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए। यस्तै, सप्तरीका १६ जना...

Continue reading

प्रकृति लम्साल मृत्यु घटना : २ जना प्रहरी अधिकृत उडिसा पुगे

काठमाडौं । ओमानको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपालका दुईजना वरिष्ठ अधिकारी पुगिसकेको जानकारी गराएकी छिन् । विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर फलोअप गरिरहेको र मंगलबार बिहान दुईजना वरिष्ठ अधिकारी विश्वविद्यालयमा पुगिसकेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास...

Continue reading

दिवाखाजामा लाखौं हिनामिना, शिक्षकहरू घाम तापेर तलब खान्छन्

मुकेशकुमार यादव, सिरहा । सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापककै मिलोमतोमा लाखों रुपैयाँ निकासा गरी घोटाला गरेको खुलेको हो । विद्यार्थी नै नभएको विद्यालयमा नगर प्रमुख रामऔतार यादव र शिक्षा शाखाका कर्मचारी रामभरोसी यादवले प्रधानाध्यापकसँग बार्गेनिङ गरी प्रधानाध्यापकले पेस गरेको विद्यार्थीको विवरणकै आधारमा रकम निकासा गरी व्यापक अनियमितता गरेको स्थानीय बताउँछन् । विद्यालयमा शिक्षकहरुले...

Continue reading

प्रदेशमा समायोजन हुने नेपाल प्रहरीको एक तह बढुवाका लागि उम्मेदवार बनाउने प्रस्ताव

नेपाल प्रहरीसम्बन्धी विधेयकले प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको पदमा बढुवाका लागि उम्मेदवार बनाउने प्रस्ताव गरेको छ। आज मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले प्रदेशमा समायोजन हुनेका लागि यस्तो प्रस्ताव गरेको हो। तर प्रदेश प्रहरीमा समायोजना भएको कर्मचारी प्रदेश प्रहरी सेवाको माथिल्लो तह वा श्रेणीमा बढुवा भएमा नेपाल प्रहरी (संघीय) सेवाको पदमा बढुवाका लागि उम्मेदवार हुने छैनन्। प्रदेश प्रहरीबाट डिआइजीमा बढुवा गर्दा प्रदेशकै एक तहमुनि पदमा कार्यरत अधिकृतबाट बढुवा गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था...

Continue reading

पोखरामा बेलुन महोत्सव (फोटोफिचर)

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न  बेलुन नेपालले नेपालमा पहिलो पटक  पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ। महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...

Continue reading

हनीट्रयाप काण्ड: एसपी थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ।थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ। ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो। थप अनुसन्धान...

Continue reading

‘६९औं प्रहरी दिवस २०८१’ कार्यक्रम सम्पन्न : क-कसले पाए सम्मान र पुरस्कार ? (नामावलीसहित)

काठमाडौं । ६९औँ प्रहरी दिवस अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग गर्नेहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेका हुन् । ६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ । अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील अवकाश प्राप्त प्रहरी उपरीक्षक...

Continue reading

डीआईजीलाई प्रधानमन्त्री ओलीले थर्काएपछि आईजीपी थरर, प्रहरीभित्र खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा सहभागी हुने विषयले नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ । साे कन्सर्टमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुने विषयमा प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले मिडियामा गलत सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले रुष्ट हुँदै थर्काएका छन् । यस विषयले प्रहरी प्रमुख आईजीपी कुँवर बढी तनावमा परे । उनी कन्सर्टको सुरक्षाले भन्दा प्रवक्ता कार्कीका कारण बिहीबार बढी तनावमा परेका छन् । प्रधानमन्त्री ओली दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा सहभागी हुने कुरा बिहिबारकाे हाे । प्रधानमन्त्री...

Continue reading

नेपाल प्रहरीमा एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद खाली

काठमाडौं । प्रहरीमा उच्च तहका पदहरु खाली रहेकाे छ । ३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा गएपछि धेरै संख्यामा पदहरु रिक्त रहेका हुन्। उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला,...

Continue reading

काँग्रेस सांसद केसी जेल चलान

बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन । केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व)...

Continue reading

एकीकृत समाजवादीमा झाँक्री गुटबन्दीको शिकार, कस्तो बन्यो पदाधिकारी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।  यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ । नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए...

Continue reading

१० लाख रकमको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि..!

काठमाडौं। मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ। ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्। ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन्। खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी...

Continue reading

एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेसनमा चुनाव गराउन डरायाे

काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो । महाधिवेसन सकिएको लामो समयपछि नेकपा एकीकृत समाजवादीले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस अनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो । जम्बो केन्द्रिय समितिको बैठक आइतबार राजधानीमा शुरु हुँदा...

Continue reading

गर्भवती भएपछि प्रेमीबाटै प्रेमीकाको हत्या, ‘न्यायका लागि हारगुहार’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । ‘छोरीको खोजबिन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो’, फूलमाया भन्छिन्, ‘साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री...

Continue reading

किन कमजाेर हुन्छन् सरकारी वकिल कार्यालयले दर्ता गरेका मुद्दा

काठमाडाैं । चितवनको इलाका प्रहरी कार्यालय खैहरनीमा २ जेठ २०७६ मा एक युवतीले आफू बेचिएको भन्दै लिखित उजुरी दिइन्। नेपाल प्रहरीले आफ्नो अनुसन्धान सकेपछि २ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझायो। सरकारी वकिल कार्यालयसँगको बयानमा ती युवतीले भनेकी छिन् ‘२०७५ चैत्र ७ गते नागरिकताको फोटो परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय भरतपुर जान लागेकी थिएँ। घर नजिकैको दिदीले हेटौँडामा कृष्ण (नाम परिवर्तन)ले पैसा पठाइदिएको छ। आफूलाई सन्चो नभएको भन्दै मलाई ल्याइदिन भन्नुभयो। मैले उहाँको आग्रहलाई नकार्न सकिन्। हेटौँडा बसपार्क पुगेपछि ती व्यक्तिले बेहोस बनाउने औषधी राखेको पेय पदार्थ खान...

Continue reading

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहुप्रतिक्षित भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो । सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । टीआरसी विधेयक संसद‍्मा पेस, द्वन्द्वकालीन घटनाको सत्य तथ्य सार्वजनिक हुने विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र...

Continue reading

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

काठमाडौं। भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो। पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी...

Continue reading

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत