मङ्लबार, माघ १, २०८१

Tag: Nepali Congress

पोखरामा बेलुन महोत्सव (फोटोफिचर)

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। पोखरा । पर्यटकीय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न  बेलुन नेपालले नेपालमा पहिलो पटक  पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ। महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै...

Continue reading

हनीट्रयाप काण्ड: एसपी थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ।थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ। ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो। थप अनुसन्धान...

Continue reading

‘६९औं प्रहरी दिवस २०८१’ कार्यक्रम सम्पन्न : क-कसले पाए सम्मान र पुरस्कार ? (नामावलीसहित)

काठमाडौं । ६९औँ प्रहरी दिवस अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग गर्नेहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरेका हुन् । ६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ । अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील अवकाश प्राप्त प्रहरी उपरीक्षक...

Continue reading

डीआईजीलाई प्रधानमन्त्री ओलीले थर्काएपछि आईजीपी थरर, प्रहरीभित्र खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा सहभागी हुने विषयले नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ । साे कन्सर्टमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुने विषयमा प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले मिडियामा गलत सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले रुष्ट हुँदै थर्काएका छन् । यस विषयले प्रहरी प्रमुख आईजीपी कुँवर बढी तनावमा परे । उनी कन्सर्टको सुरक्षाले भन्दा प्रवक्ता कार्कीका कारण बिहीबार बढी तनावमा परेका छन् । प्रधानमन्त्री ओली दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा सहभागी हुने कुरा बिहिबारकाे हाे । प्रधानमन्त्री...

Continue reading

नेपाल प्रहरीमा एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद खाली

काठमाडौं । प्रहरीमा उच्च तहका पदहरु खाली रहेकाे छ । ३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा गएपछि धेरै संख्यामा पदहरु रिक्त रहेका हुन्। उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला,...

Continue reading

काँग्रेस सांसद केसी जेल चलान

बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन । केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व)...

Continue reading

एकीकृत समाजवादीमा झाँक्री गुटबन्दीको शिकार, कस्तो बन्यो पदाधिकारी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।  यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ । नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए...

Continue reading

१० लाख रकमको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि..!

काठमाडौं। मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ। ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्। ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन्। खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी...

Continue reading

एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेसनमा चुनाव गराउन डरायाे

काठमाडौं । असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन हुँदा नेकपा (एकीकृत समाजवादी) ले बल्लतल्ल अध्यक्ष, महासचिव र सम्मानित नेता मात्रै चयन गर्यो । त्यतिबेला ९३ जनालाई मात्रै केन्द्रिय सदस्य घोषणा गरेर महाधिवेसन अन्त्य भएको थियो । महाधिवेसन सकिएको लामो समयपछि नेकपा एकीकृत समाजवादीले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीन जनाले लिएका थिए । जस अनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए भने बाँकी २५१ जना केन्द्रीय सदस्यको नामावली गत १८ साउनमा सार्वजनिक गरिएको थियो । जम्बो केन्द्रिय समितिको बैठक आइतबार राजधानीमा शुरु हुँदा...

Continue reading

गर्भवती भएपछि प्रेमीबाटै प्रेमीकाको हत्या, ‘न्यायका लागि हारगुहार’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको निष्कर्ष निकालेका परियार दम्पती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । ‘छोरीको खोजबिन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो’, फूलमाया भन्छिन्, ‘साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जङ्गलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वीटर, चप्पललगायत सामग्री...

Continue reading

किन कमजाेर हुन्छन् सरकारी वकिल कार्यालयले दर्ता गरेका मुद्दा

काठमाडाैं । चितवनको इलाका प्रहरी कार्यालय खैहरनीमा २ जेठ २०७६ मा एक युवतीले आफू बेचिएको भन्दै लिखित उजुरी दिइन्। नेपाल प्रहरीले आफ्नो अनुसन्धान सकेपछि २ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझायो। सरकारी वकिल कार्यालयसँगको बयानमा ती युवतीले भनेकी छिन् ‘२०७५ चैत्र ७ गते नागरिकताको फोटो परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय भरतपुर जान लागेकी थिएँ। घर नजिकैको दिदीले हेटौँडामा कृष्ण (नाम परिवर्तन)ले पैसा पठाइदिएको छ। आफूलाई सन्चो नभएको भन्दै मलाई ल्याइदिन भन्नुभयो। मैले उहाँको आग्रहलाई नकार्न सकिन्। हेटौँडा बसपार्क पुगेपछि ती व्यक्तिले बेहोस बनाउने औषधी राखेको पेय पदार्थ खान...

Continue reading

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहुप्रतिक्षित भनिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो । सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । टीआरसी विधेयक संसद‍्मा पेस, द्वन्द्वकालीन घटनाको सत्य तथ्य सार्वजनिक हुने विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र...

Continue reading

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

काठमाडौं। भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो। पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी...

Continue reading

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति...

Continue reading

१० रोपनी जग्गा फिर्ता गर्न चाँदबाग स्कुललाई २ दिने ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई जग्गा फिर्ता गर्न महानगरको २ दिने ‘अल्टिमेटम’ दिएको छ । कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको थियो । तर चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालन भइरहेको उक्त जग्गा सरकारीकरण भइसकेको छ । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक...

Continue reading

प्रस्तावित १८ देशका राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। १८ देशका राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए । १८ देशका राजदूतको सुनवाई भोलिदेखि उनले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उनले बताए । सरकारले गर्‍यो १८ देशका लागि राजदूत सिफारिस (नामसहित) परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित...

Continue reading

महिलाकाे तस्बिर एआईको सहायतामा बनाइएको।

आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा बेचिइन् महिला

काठमाडौं। वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन्। लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन्। नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। उनका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई...

Continue reading

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

Continue reading

हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपाको माग

काठमाडौँ । राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’ अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको...

Continue reading

यौनकाण्डले हरिबिजाेग एमालेका नेता

गणेश विक, काठमाडौं । कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र । केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ । आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए । पार्टी कै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् । शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय...

Continue reading

दलित कोटाबाट गैरदलितलाई सांसद बनाएको भन्दै पद खारेज गर्न माग

कोशी प्रदेशसभामा नेपाली काँग्रेसबाट समानुपातिक सांसद रहेकी सुनिताकुमारी गुरुङको पद खारेज गर्न नेपाल दलित संघले माग गरेको छ । दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेको आधारमा दलित कोटाबाट प्रदेश सांसद भएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ, कोशी प्रदेश समितिले गुरुङको प्रदेश सभा सदस्यको पद खारेजी गर्न माग गरेको हो । रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङ नै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ । दलित संघले आइतबार काँग्रेस कोशी प्रदेश समितिमार्फत् गुरुङको पद खारेजीको माग गरेको हो । सुनसरीको बर्जु गाउँपालिकाकी...

Continue reading

दलित र जनजाति समुदायबाट तीन राज्यमन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व हुनेगरी तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । यो राज्यमन्त्रीसहित मन्त्रिपरिष २५ सदस्यीय भएको छ । उनीहरुमध्ये २ जना नेपाली कांग्रेसका र १ जना नागरिक उन्मुक्ति पार्टीका हुन् । कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ रहेका छन् भने नाउपाका अरुण चौधरी रहेका छन् । विक वन तथा वातावरण राज्यमन्त्री, तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन् । शुक्रबार राष्ट्रपतिको कार्यालयले राज्यमन्त्री...

Continue reading

यी हुन् मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु..!

काठमाडौं। सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ। साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शुन्य दशमलव ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने...

Continue reading

  • 1
  • 2
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत