annapurna add

apf bus

सशस्त्र प्रहरीमा सात जना डीआईजी बढुवा भएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले केही दिन अगाडि सूचना जारी गर्दै सात दिनभित्र सशस्त्र प्रहरी उपरिक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन आग्रह गरेका थिए ।

डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ रहेका छन् ।

बढुवाका लागी कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...