annapurna add

annisu bhatsarna

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध प्रदर्शनमा शान्तिपूर्ण रुपमा उत्रिएका आफ्ना नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको घोर निन्दा तथा भत्सर्ना गरेको छ । अनेरास्ववियूका कार्यालय प्रमुख तथा केन्द्रिय सदस्य नरेश रेग्मीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ 'नेपाल सरकार र अमेरिकी सरकारका बिचमा भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा भएका कतिपय राष्ट्रहित विपरितका असंगत प्रावधान खारेज गरिनुपर्ने मागसहित स्वतस्फुर्त रुपमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अनेरास्ववियूका एक दर्जन भन्दा बढी साथीहरुलाई निर्ममतापुर्वक लाठिचार्ज गरेर गम्भीर घाईते तुल्याएको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौ' । साथै बिज्ञप्तिमा घाईते भएका सम्पूर्ण केन्द्रिय सदस्य, पुर्व केन्द्रिय सदस्य, आयोग सदस्य, जिल्ला सदस्य, क्याम्पस जिल्ला सदस्यहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।

बिज्ञप्ती :

 103254551 3313026895395202 8446267651632040300 n

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर