annapurna add

00000n mnmnm

सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

नेपाली सेनाका अनुसार ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति र उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । शुक्रबारै सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका अन्य चार जना महासेनानीहरुलाई पनि प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...