annapurna add

1337727940uae bata

अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् ।

कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् ।

सन्धिखर्क नगरपालिकाले यस वर्ष कृषि र पशुपालनका लागि रु सात करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो । नयाँ हाटबजार निर्माणका लागि समेत रु दुई करोड रकम बजेट विनियोजन गरेको छ । गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

दुई सय ५० थान टनेल, थोपा सिँचाइ १०० सेट, २०० माहुरीका घार वितरण गरेको छ । करिब ५२ क्विन्टल मकैको बीउ र २६ क्विन्टल गँहुको बीउ, मौसमी तथा बेमौसमी तरकारीको बीउ दुई हजार प्याकेट र च्याउको बीउ ६०० प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । गतवर्ष कृषि र पशुपालनमा रु एक करोड २० लाख बजेट विनियोजन भएको थियो । गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, छ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । उन्नत जातका घाँसका बीउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस ९ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र छ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । शीतगङ्गा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि रु तीन करोड रकम बजेट विनियोजन गरेको छ । कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर रु एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । नगरपालिकाको कूल बजेट रु तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ । गतवर्ष शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ । गतवर्ष कृषिमा यान्त्रिकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराउनुभयो ।

माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । भूमिकास्थान नगरपालिकाले कृषिमा रु ४५ लाख र पशुपालनका लागि समान रु ४५ लाख विनियोजन गरेको छ । सङ्घ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै रु तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो ।

नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १७३ वटा माहुरीका घार र मकै छोड््याउने मेसिन ८ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताउनुभयो । पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताउनुभयो ।

मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवालाई बिना धितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ । स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन व्यवसायमा लाग्ने युवालाई रु दूई लाख देखि १० लाखसम्म ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको छ । उनले यो वर्ष कृषि विकास बैंकबाट गाउँपालिकामा रहेका युवालाई रु ६ करोड प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको छ । पालिकाले गतवर्ष ८१ जना कृषकलाई चार ओटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो ।

कृषि पेशालाई आधुनिक बनाउन र यान्त्रिकरण गर्न कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट््याक्टरसमेत गत वर्ष ८० प्रतिशत अनुदानमा वितरण गरेको छ । मकैको बीउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा पनि कृषकलाई वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले बताउनुभयो ।

यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक वृद्धि हुने निष्कर्ष निकालेर युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछ । यसका लागि यसवर्ष झण्डै रु दुई करोड विनियोजन गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न र लागि परेको बताइएको छ ।

व्यावसायिक कृषि तथा पशुपालन फर्ममार्फत् कार्यक्रम सञ्चालन गर्ने काममा गाउँपालिकाले जोड दिएको छ । कोरोनाले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेशाका लागि ऋण दिन बैंकसँग पनि समन्वय गरिएको छ । हलोको सट्टा मिनी टिलर, परम्परागत कुटो तथा कोदालोको सट्टा नयाँ सामग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो । माटो सुहाउँदो तरकारी तथा अन्नखेतीका लागि माटो परीक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ भने एक घर एक करेसाबारीको अभियान घरघरमा पु¥याएको छ ।

बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गतवर्ष अष्ट्रेलियाबाट सो जातका बोयर खरिद गर्न बोलपत्र आह्वान गरे पनि कोरोनाका कारण काम हुनसकेको थिएन । यसवर्ष उक्त कामका लागि रु एक करोड विनियोजन गरेको छ । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी बस्तु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपर्नेमा यसवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै रु तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।

यसवर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच अनुदान दिने भएको छ । यसअघि प्रतिलिटर रु दुई रुपैयाँ ५५ पैसाका दरले अनुदान दिएको थियो । गाउँपालिकामा १० ओटा डेरी र पाँच ओटा पोल्ट्री फर्मबाट सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा करिब आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रिफर्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तहमा बोयर बाख्रा र टिस्यु कल्चर विधिबाट आलुको बीउ उत्पादनको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको पशु प्रविधिक कृष्ण घिमिरेको भनाइ छ । गत वर्ष सो पालिकाले २६ ओटा हाते ट्याक्टर कृषकलाई प्रदान गरेको थियो । त्यसैगरी करिब चार सय प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । यसवर्ष पनि हाते ट्याक्टर तथा घाँस काट्ने मेसिनलगायतका सामग्री प्रदान गरिने भएको छ ।

कृषि शाखा प्रमुख मेघराज पौडेलका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा अष्ट्रेलियाबाट २५ ओटा शतप्रतिशत बोयर बाख्रा ल्याएको थियो । आप्mनो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागेको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाइ छ । अहिले यहाँ २३ ओटा बोयर पाठापाठी हुर्केका छन् । करिब २५ किलोसम्मको तौल भएका पाठीको मूल्य रु एक लाख २० हजार र पाठाको मूल्य एक लाख ५० हजार तथा २५ केजीभन्दा बढी तौल भएमा प्रति केजी थप तीन हजारका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । यहाँ उत्पादित बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ ।

अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्रको पनि स्थापना गरिएको छ । शुरुका वर्षमा बाख्राको बीमा, दाना, औषधि उपचार र खोर निर्माण खर्चसमेत पालिकाले दिँदै आएको थियो । साथै गाउँपालिकाले आलुको बीउ उत्पादनको कार्यक्रम पनि सञ्चालन गरेको छ । टिस्यु कल्चर विधिबाट उत्पादन गरिएका पाँच हजार ७०० दाना गाउँपालिकाल्याई गत वर्षबाट आलुको बीउ उत्पादन थालिएको छ । गतवर्ष वितरित १० किलो बीउबाट यसवर्ष १६ क्विन्टल आलु उत्पादन भएको कृषि शाखाले जनाएको छ ।

वितरण गरिएको प्रतिदाना आलुबाट न्यूनतम १ केजी आलु फलेको कृषि शाखाले वताएको छ । यस विधिबाट उत्पादन भएको आलुको बीउको मूल्य प्रतिकेजी रु दुई सय छ । उहाँका अनुसार यसरी उत्पादन भएको आलुको बीउमा रोग र कीराले पनि कमै छुने गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार