गच्छदारलाई धरौटीमा छाड्ने आदेशमा प्रधानन्यायाधिश असन्तुष्ट : न्यायाधिशको इलाम सरुवा

बालुवाटारको सरकारी जग्गा किर्ते प्रकरणमा तानिएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्की सरुवा भएका छन्। कार्की ८ महिनाअघि मात्रै विशेष अदालतको अध्यक्षमा नियुक्त भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई विशेष अदालतले गएको ३० असारमा १० लाख धरौटीमा छाडेको थियो। विशेष अदालतको उक्त निर्णयको कतिपयले आलोचना गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत उक्त निर्णयप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ। सोही असन्तुष्टि स्वरुप कार्कीलाई उच्च अदालत विराटनगर अन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काज सरुवा गरिएको हो।

अख्तियारमा मुद्दा चलेको डेढ वर्षदेखि फरार रहेका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएकै दिन उनलाई १० लाख धरौटीमा रिहा गरिएपछि यसलाई धेरैले आशंकाको नजरले हेर्दै आएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..