annapurna add

rail12 768x430

रेल विभागले विभिन्न २९ वटा पदको लागि कर्मचारी माग गरेको छ। जनकपुर–जयनगर रेल सञ्चालनको लागि विभागले विभिन्न २९ वटा पदको लागि १ सय २९ जना कर्मचारी माग गरेको छ। विभागले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वाराकर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेभसाईट मार्फत विभिन्न विज्ञापनमा अनलाइन दर्खास्त भर्न सक्ने जनाएको छ । विभागले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ ।

विभागले स्नातक देखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरेको छ । विभागले अधिकृत तृतिय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको लागि विज्ञापन निकालेको छ ।

त्यस्तै कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै विभागले सव इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...