जसपाका ४ प्रदेश सांसदको सर्वोच्चद्वारा पुनर्वहाली

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको सिफारिसानुसार लुम्बिनी प्रदेश सभाको सदस्य (सांसद)बाट पदमुक्त गरिएका ४ जनालाई पुनर्वहाली गर्न आदेश दिएको छ। पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाको (बाबुराम–उपेन्द्र) पक्षले उनीहरुलाई कारबाही गरेको थियो।

प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चारै जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार पुनर्वहालीको आदेश जारी गरेको हो।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका ४ जना प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले मन्त्रीको शपथ लिएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..