२४ पदमा ४६४ जनाका लागि नेपाली सेनामा भर्ना खुल्यो

प्राविधिक पदका लागि नेपाली सेनामा भर्ना खुलेको छ। जङ्‍गी अड्‍डाले बिहीबार विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्नाको सूचना जारी गरेको हो। बिहीबारदेखि सुरु हुने भर्ना छनोट असोज ३१ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर तिरेर थप सात दिन असोज ७ गतेसम्म फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ।

आवेदन फारम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ। फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..