प्रहरीको संयुक्त राष्ट्रसंघ मिसनमा छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी स्रोतले बतायो।

साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवान देखी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रहरी प्रधान कार्यालयको युएन शाखाले परीक्षाको संयोजन गरेको थियो ।

युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर जबरा हुन् । युएनको अनपोल मिसनमा जानका लागी प्रि–स्याटमा पास भएका कर्मचारीले पुनः स्याटको परीक्षा उत्तीर्ण हुनुपर्छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..