प्रधानसेनापति थापाको कार्यकालमा रथी देखि ४ हजार सैनिकलाई कारबाही

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन्। सेनामा एक महिना पहिले नै बिदा बस्ने चलन छ। त्यही परम्पराले निरन्तरता पाउने लगभग निश्चित भएकाले अब दुई महिनापछि सेनाको नेतृत्व हस्तान्तरण हुँदैछ।

४४औं प्रधानसेनापतिको रुपमा त्यसपछि प्रभुराम शर्माले सेनाको जिम्मेवारी लिनेछन्। नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे। आफ्नो पहिलो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाको वेवसाइटमार्फत उनले आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका थिए।

महारथी थापाले हजार दिनमा झण्डै चार हजार सैनिकलाई कारबाही गरिसकेका छन्। सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा सैनिक सेवाबाट बर्खास्तमा परे।

सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई पनि थापाको कार्यकालमा सैनिक अदालतले बर्खास्त गर्‍यो। यीबाहेक १ सय ६१ जना रथीसहितका अधिकारीहरु कारबाहीमा परेका छन्। पदिक तथा अन्य दर्जाका ३ हजार ६ सय ४२ जनालाई कारबाही भएको छ। ४ सय ४७ जना रथीवृन्द तथा अधिकृत र ३ हजार ८ सय ६८ जना पदिक तथा अन्य दर्जाका सैनिक पुरस्कृत पनि भएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..