annapurna add

विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् ।

download 1 2बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याउनुभएको हो ।

मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उहाँलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उहाँ स्वदेशमै केही गर्ने अठोटका साथ फर्कनुभयो ।

पौडेलले भन्नुभयो, “फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।” रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर रु दुई करोडभन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उहाँले शुरु गर्नुभयो । निरन्तरको मेहेनतसँगै उहाँले त्यहाँबाट राम्रो सफलता हात पार्नुभयो ।

पौडेलले भन्नुभयो, “वार्षिक रु २० लाख हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उहाँले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गर्नुभएको छ ।गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उहाँको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ ।

माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उहाँको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।

श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेको छ । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, “अब हेटाैँडामा अर्को होटल खोल्ने योजनामा छु ।” बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बन्नुभएका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्नुहुन्छ ।

यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उहाँको अनुभव छ । देशैभर व्यवसाय विस्तार गर्ने उहाँको सोच छ । पौडेलले भन्नुभयो, “एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु ।” हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उहाँका शुभेच्छुकहरु बताउँछन् ।

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो
कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो चरणमा रु ५० हजारभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु ३० करोड १६ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो ।

सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो

भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको अवधिमा रु चार करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।

चालु आव २०७७÷७८ मा रु छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिनुभयो । भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ । अघिल्लो आव २०७६÷७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

जनताको मन जित्दै झापा गाउँपालिका
झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् ।

तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उहाँले जनताको आवश्यकताअनुसार गरेको बताउनुभयो ।

पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उहाँले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।”

उहाँले हेर्दा सामान्य लागे पनि जनताको हितमा हुने थप काम गरिहेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका नेपाली नागरिकता भएको व्यक्तिहरुको मृत्यु भएमा काजकिरिया खर्चस्वरुप प्रत्येक व्यक्तिको परिवारलाई रु आठ हजार नगद प्रदान गरिन्छ । पालिकाका उपप्रमुख कुन्तीदेवी बुढाथोकीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँग मिलेर पालिकाभित्रका बासिन्दा बिरामी भएर रगत चाहिएमा खर्चको समेत व्यवस्था गरिएको छ । उहाँले जुनसुकै रोगका बिरामीले रगत प्रयोग गरे पनि पालिकामा बिल पेश गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अन्य पालिकाको तुलनामा यस पालिकामा बर्सातको समयमा डुबानसँगै बाढीबाट प्रभावित हुनेको सङ्ख्या धेरै छ । ठूलोमाई र सानोमाई दुवै नदीमा बलियो र भरपर्दो तटबन्धन नहुँदा यो पालिका सधैँ डुबानमा पर्दा धेरैभन्दा धेरै विपन्न समुदायका मानिसलाई सर्पले टोक्ने गर्छ । पालिका अध्यक्ष साहले सर्पदंशका बिरामीको सम्पूर्ण खर्च गत वर्षदेखि गाउँपालिका आफैँले गर्दै आएको बताउनुभयो । “उपचार गर्ने पैसा नहुँदा गरिबले त्यसै मर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैको उपचारमा पहुँच पुर्याउन गाउँपालिकाले उपचारको शुल्क तिरिदिन शुरु गरेको हो ।” सो क्षेत्रमा सर्पले टोकेमा छिमेकी कनकाई नगरपालिकामा सहारा नेपालद्वारा सञ्चालित सहारा सर्पदंश उपचार केन्द्रमा उपचार गर्न पठाइने गरिएको छ ।

झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाकै बजेटमा २० किलोमिटर कालोपत्रसहितको पक्की सडक निर्माण भएको छ । अध्यक्ष साहले सातवटै वडाका विभिन्न स्थानमा गरी २० किलोमिटर कालोपत्रसहितको सडक निर्माण गरेको बताउनुभयो । “सबै टोलटोलमा पक्की सडक पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा पुर्याउँछौँ, द्रुतगतिमा काम भइरहेको छ ।” उहाँका अनुसार सबै टोलमा ग्राभेल बाटो पुगिसकेको छ ।

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा
नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ ।

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी पर्नुभएको छ । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।

पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा हुनुहुन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...