annapurna add

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको छ ।

सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ ।

१२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन् ।

त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ ।

167

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...