annapurna add

kiran taradevi

काठमाडौं उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरको सुरक्षा नेतृत्व अब महिला प्रहरीले गर्ने भएका छन्। हिजो गृह मन्त्रालयले ललितपुरको प्रहरी प्रमुखमा एसएसपी किरण बज्राचार्यलाई सरुवा गरेसँगै राजधानीका दुई जिल्लाको प्रहरी प्रमुख महिला भएका हुन्।

भक्तपुरको प्रहरी प्रमुखमा एसपी तारादेवी थापा कार्यरत छँदैछिन। आइतबारदेखि कार्यान्वयन हुने गरी गृह मन्त्रालयले बज्राचार्यलाई ललितपुर प्रहरी प्रमुखको जिम्मा दिएको छ। उनले एसपी छँदा भक्तपुरको प्रहरी प्रमुख भएर १५ महिना काम गरेकी थिइन्। २०७२ र २०७३ मा उनले भक्तपुर प्रहरीको कमाण्ड गरेकी थिइन्।

यस्तै बज्राचार्यले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोलको प्रमुख भएर समेत काम गरेकी छन्। प्रदेश प्रहरी, ठिमि वृत्त, ट्राफिक प्रंहरी र तालिम केन्द्र लगायतमा बज्राचार्यले काम गरेकी छन्।

असार ८ गतेदेखि भक्तपुर प्रहरी प्रमुखको जिम्मेवारी थापाले पाएकी हुन्। थापाको नेतृत्वमा भक्तपुरको सुरक्षा व्यवस्थामा कुनै कमजोरी नरहेको प्रहरी अधिकारीहरु बताउँछन्। थापाले त्यसअघि तालिम केन्द्र, सातदोबाटो वृत्त, महिला बालबालिका सेवा निर्देशनालय लगायतमा रहेर काम गरेकी थिइन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...