भागरथीकी आमा भन्छिन्, ‘भाइले दिदीको हत्या कसरी गर्छ ?’

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्‍न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्‍न भएको भन्‍ने कुरामा आफू विश्‍वस्त नभएको बताएकी छन् ।

प्राप्त भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

“घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्‍यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

उनले प्रहरीले हत्यामा संलग्‍न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले भिडियोमा भनेकी छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..