विश्वकपले नयाँ विजेता पाउँदै: अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै !

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने छन् । दुबईमा हुने उपाधि भिडन्त नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेको छैन । अष्ट्रेलिया दोस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनल पुगेको हो । यस अघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो ।

न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो । यस अघि न्युजिल्याण्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो। न्युजिल्याण्डले सेमिफाइनलमा एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..