विश्वकै जेठो मान्छेको निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी १९औं शताब्दीमा जन्मिएकी महिलाको १२४ वर्षको उमेरमा निधन भएको छ। डेलिमेलका अनुसार फिलिपिन्सकी फ्रान्सिस्का सुसानोको १२४ वर्षको उमेरमा सोमबार निधन भएको हो।

फिलिपिन्सको नेग्रोस ओसिडेन्टल प्रान्तस्थित कबन्कलानको आफ्नै घरमा सुसानोको मृत्यु भएको हो। सुसानोको जन्म सन् १८९७ सेप्टेम्बर ११ मा भएको मानिएको छ। जतिबेला फिलिपिन्समा स्पेनको शासन थियो।

फिलिपिन्सको संसद्ले पनि उनको सम्मान गर्दै सुसानोको जन्मदिनमा करिब २४ लाख नेपाली रुपैयाँबराबरको पुरस्कार दिने निर्णय गरेको थियो। कबन्कलान सहरले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।

अहिलेसम्म सबैभन्दा लामो उमेर बाँचेको कीर्तिमान फ्रान्सकी जिएन्ने काल्मेन्टको नाममा छ। उनको १२२ वर्षको उमेरमा निधन भएको थियो। त्यस्तै सबैभन्दा वृद्ध जीवित व्यक्तिको कीर्तिमान भने जापानकी काने तनाकाको नाममा छ। उनी ११८ वर्षकी भइन्।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..