आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौ । आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाइँदैछ । हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ ।

यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

राष्ट्रसंघको निर्णयपछि एक सय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाउने गरिएको छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलाद्र्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ ,मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ ।

यसैविच पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् ।

पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक कार्यक्रम आयोजना हुने गरेको छ । कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाउने गरिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..