सिरहामा बाल विवाहका कारण बढ्यो बहुविवाह

सिरहा । सिरहामा बालविवाहका कारण बहुविवाहको समस्या बढ्दा महिलाहरुलाई समस्या भएको छ ।

सानै उमेरमा विवाह गर्ने र पछि श्रीमान् अर्को श्रीमति ल्याउँदा महिलाहरुलाई समस्या भएको हो । सानैमा आफु खुसी वा परिवारको दबाबमा विहे गरेकाहरु केही बर्षपछि छुट्टिने समस्या बढ्दै गएको छ ।

बहुविवाह बढ्दै जानुको कारण मध्ये सानैमा विहे हुनु र एक अर्कालाइ नबुझ्नु पनि रहेको पुनस्र्थापना केन्द्र लहानका देवकुमारी महराको भनाई छ ।

बहुविवाहलाई रोक्न सानै उमेरमा हुने विवाहलाई रोक्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सरकारी , गैरसरकारी संस्थाहरुले पनि बालविवाह विरुद्धको अभियान चलाइरहेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..