
तेह्रथुम । तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल सुरु भएको छ ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसहितको टोलीले सरोकारवालाहरूसँग छलफल गर्दै जलजले क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल सुरु गर्न भनिएको छ ।
छलफलमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सांसद, स्थानीय तहका प्रमुख, वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, संरक्षणविद, वन्यजन्तुविद, स्थानीयको सहभागिता थियो ।
मन्त्री बस्नेतले टिएमजेको क्षेत्र विस्तार गरी नयाँ मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा घना गुराँस वन रहेको यस क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन ।