रासायनिक मल अभाव हुँदा चितवनका किसान समस्यामा

चितवन । चितवनमा रासायनिक मलको अभाव हुँदा किसानहरु समस्यामा परेका छन् । चितवनका किसानहरु धानमा मल छर्ने बेलामा युरीया मलको अभाव भएपछि समस्यामा परेका छन् ।

जिल्लामा पर्याप्त मात्रामा रासायनिक मल नभएपछि कृषकहरु समस्यामा परेका हुन् । रासायनिक मलको आपूर्ती र बिक्री वितरण गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भारतमा निर्वाचन भएकाले मल अभाव भएको बताएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार युरीया मलको अभाव भएको तर, डिएपी र पोट्रास उपलव्ध रहेको जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक रविन्द्र गौतमका अनुसार चितवनमा मात्र नभई देशैभर युरीया मलको अभाव देखिएको छ ।

गौतमले चितवनमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत एक हप्ताभित्र मल आउने र कृषि सामग्री कम्पनी लिमिटेड मार्फत पन्ध्र दिन लाग्ने छ । जिल्लामा तत्काल करिव ५ सय मेट्रिक टन युरीया मल आवश्यक रहेको गौतमले बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..