
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको साढे एघार बिग्हा जग्गा अतिक्रमण भएको छ ।
विभिन्न व्यतिmहरुले मन्दिरलाई दान गरेका जग्गा किर्ते कागज बनाई अतिक्रमण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीयाराम साहले बताउनुभयो । मन्दिर व्यवस्थापन एवम मन्दिरको आयको लागि दाताहरुले प्रदान गरेको उक्त जग्गा अतिक्रमण भएपछि मन्दिर संचालन व्यवस्थापनमा समस्या उत्पन्न भएको पत्रकार सम्मेलनमा जनाईएको छ ।
मन्दिरका जग्गाहरु भुमि सुधार कार्यालयले किर्ते कागजको आधारमा मोही कायम गरि व्यतिmको नाम गएको पाईएको छ । कतिपय जग्गाहरु नापी शाखा धनुषाको फिल्डबुकको जोताहा महलमा कैफियतहरुमा व्यतिmहरुको नाम समावेश गरिएको छ र सो सोको आधारमा श्रेस्ता कायम भएको छ ।
ठुलो रकमको चलखेल गरि भगवानको भोग रागको लागि दिएको जग्गा व्यतिmको नाममा गएपछि मन्दिर व्यवस्थापनमा ठुलो समस्या उत्पन्न भएको छ ।