बझाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

बझाङ । बिहेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ८ जना भन्दा बढी घाइते भएका छन् ।

दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ नेटाकाटियाका ७१ वर्षका बासुदेव जोशीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर २ निम भन्ने ठाउँमा जीप दुर्घटना भएको हो । नेटाकाटियाबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडामा दुलही लिनका लागी जाँदै गरेको से १ ज ७१८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परी जीपमा सवार ८ जना घाइते भएको र अन्य ७ जना सामान्य घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..