शिक्षकका सन्तान सामूदायिक विद्यालयमा

पर्वत । पर्वतको एक सामूदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई नीजि विद्यालयबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

विद्यालय भर्ना अभियान चलिरहँदा सदरमुकाम कुश्माको शिवालय माध्यमिक विद्यालयका शिक्षकहरुका १० जना छोराछोरी नीजि विद्यालयबाट फिर्ता ल्याई सामुदायिकमा भर्ना गरिएको हो ।

आफुले सामुदायिक विद्यालयमा शिक्षण गर्ने तर छोराछोरी भने निजी विद्यायलयमा पढाउँदा आफ्नो र विद्यायालयको शाख गिर्ने भन्दै शिक्षकहरुले आफ्ना छोराछोरी फिर्ता गरि आफुले पढाउँदै आएको विद्यालयमै ल्याई भर्ना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले सामूदायिक विद्यालय प्रति अभिभावकहरुको विश्वास बढाउन शिक्षकहरुलाई आफ्ना सन्तानलाई भर्ना गर्न अनुरोध गरेपछि शिक्षकहरुले नीजि विद्यालयमा पढ्ने छोराछोरीलाई सामूदायीक विद्यालयमा भर्ना गराएको बताउनुभयो ।

सामूदायिक विद्यालयमा पढाउने शिक्षकहरुले नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाउँदै आएको भन्दै आलोचना हुँदै आएको थियो । शिक्षकहरुको यो कार्यप्रति विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ ,अभिभावक र विद्यार्थीहरुले स्वागत गरेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..