आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुँदै

काठमाडौ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुँदैछ । आज एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ छ ।

पुरुष महिलाको म्याराथनसँगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुनेछन् भने दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चाल हुनेछन् ।

यस्तै नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् भने बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् । नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ ।

नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् । नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् । यस्तै बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् ।

बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् । बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..