दाइजोको निहुँमा श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाइयो

धनुषा ।लागू पदार्थ दुर्व्यवसनमा फसेका एक यूवाले आफ्नै श्रीमतिलाई नसाको सुरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाएका थिए ।

उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ ।

उनीहरुबीच विवाह भएको १० महिना नवित्दै यस्तो घटना भएको आफन्तले बताएका छन् । पीडित महिलाका आफन्तका अनुसार वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागु पदार्थ तथा मदिरा सेवनमा नसाले मातिएका मुकेशले कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।

घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले आगो लगाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएका छन् । उनले मुकेश गोइत यादव, मुकेशको बुवा झरी गोइत यादव र उनको आमामाथि ज्यान मार्ने उद्योगमा कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..