पत्रकार महासंघको आकस्मिक बैठकको निर्णय सार्वजनिक, सरकारविरुद्ध आन्दोलनमा उत्रने

काठमाडौ । नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आज वैशाख ९ गते बसेको आकस्मिक बैठकले विभिन्न माग अघि सारेको छ।

बैठकपछि महासंघका महासचिव रमेश विष्टले वक्तव्य जारी गरेर महासंघले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् । महासंघले पत्रकारहरुको रिहाईका साथै विभिन्न कानुनमा संशोधनसमेत माग गरेको छ। महासचिव विष्टले जारी गर्नु भएको वक्तव्यः

१। सर्वोच्च अदाललतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का प्रधानसम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गर्ने तथा कार्य स्थलमा काम गर्न बाधा पु¥याउने कार्य नगर्न बैठक सरकारसमक्ष आग्रह गर्दछ ।

२. पक्राउ गरिएका पत्रकारको रिहाई एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघको दबाब अभियानलाई थप प्रभावकारी रुपमा अघि बढाउन निम्न कार्यक्रमहरु तय गरिएको छ । दबाब अभियान अन्तर्गत यही वैशाख १० देखि १८ गतेसम्म राजनीतिक पाटीका प्रमुख नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसद्का सभामुख र राष्ट्रियसभाका अध्यक्ष, संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाइने छ ।

यसैगरी यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहमा पेशागत संस्थाका पदाधिकारी, पत्रकार संघसंस्थाका नेतृत्व, सञ्चारमाध्यमका सम्पादक तथा नागरिक समाजका अगुवासँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि साझा अभियान सञ्चालन सम्बन्धमा छलफल गरिने छ । बैशाख १८ गते राजधानी काठमाडौंसहित सात वटै प्रदेशका राजधानी रहेका स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि वृहद् ऐक्यवद्धता -यालीको आयोजना गरिनेछ ।

३. राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी प्रस्तावित विधेयकमा आयोगका अधिकार खुम्च्याउने प्रावधानहरु राखिएकोमा त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै आयोगलाई थप स्वायत्तता र अधिकार सम्पन्न बनाउने गरी कानुनमा संशोधन गर्न बैठक माग गर्दछ ।

४. मुलुकीसंहिता ऐनसहित संसद्मा विचाराधीन अवस्थामा रहेका तथा सरकारले मस्यौदा गरिरहेका सञ्चारसम्बन्धी कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न बैठक माग गर्दछ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..