ज्वाईको लिङ्गका कारण छोरीको मृत्यु भएको अनौठो आरोप

आफ्नी २३ वर्षीया विवाहित छोरीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको अनौठो आरोप लगाएका छन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा बसोबास गर्ने ती पिताले आफ्नी छोरीको मृत्यु ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारणले भएको उजुरी प्रहरीसमक्ष दर्ता गराएका छन् ।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले पुरुषलाई आफ्नो लिंग देखाउन दबाब दिएका थिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।

लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइन्छ । आखिर ती ससुरालाई कसले यस्तो उट्पट्याङ कुरा सुनाएर उकास्यो भनेर उनका ज्वाइँ भने शोकको अवस्थामा समेत आश्चर्य व्यक्त गरिरहेका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..